आज सुनको भाउ एक हप्ताकै सस्तो, कति ?

नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ। मंगलबारको तुलनामा बुधबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको छ।

आज छापवाला सुनमा कुनै प्रकारको घटबढ भएको छैन। बिहिबार नेपाली बजारमा छापवाला सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार पनि छ्पावाला सुन सोहि भाउमा किनबेच भएको थियो।

त्यस्तै, तेजाबी सुनमा पनि आज घटबढ देखिएको छैन। बुधबार तोलाको ९१ हजार ५ सयमा किनबेच भएको तेजाबी सुनको मूल्य आज पनि स्थिर रहँदै ९१ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ।

सुन साउन १२ गते यताकै सस्तो

हिजो बुधबार र आज बिहिबार कायम भएको सुनको भाउ गत साउन १२ गते यताकै सस्तो रहेको छ। साउन १२ गते छापवाला सुन तोलाको ९१ हजार ८ सय रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९१ हजार ३ सय कायम भएको थियो। त्यसपछि कुनै पनि दिन सुनको मूल्य हिजो र आजको विन्दुमा झरेको थिएन।

चाँदीको भाउ भने घट्यो

बिहिबार चाँदीको मूल्यमा भने गिरावट आएको छ। मंगलबारको तुलनामा १० रुपैयाँले बढेर बुधबार तोलाको १ हजार २ सय ८५ रुपैयाँ कायम भएको चाँदी बिहिबार १० रुपैयाँको गिरावट आएको हो। आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ हजार ७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बिहिबार, साउन २१, २०७८११:१५

स्थानीयवासीलाई आठ करोडको शेयर बाँड्दै मोलुङ हाइड्रो !