परिवर्तित समय र प्रविधिको विकाससँगै विश्वका चर्चित व्यक्तिको चर्चा पनि निकै बढ्न थालेको छ। दुनियाभरमा द्रुत गतिमा बढ्दो सामाजिक सञ्जालको पौंचले पनि चर्चित व्यक्तिहरुको बारे बहस तथा प्रचार पनि वृद्धि भएको छ।

विभिन्न सामाजिक सञ्जालमा सबैभन्दा चर्चाको विषय भनेको खेल र चर्चित खेलाडीहरु हुने गर्छन्। प्रविधिको विकासले अहिले हामीसँग हामीले आइडल मान्ने स्पोर्ट्स व्यक्तित्वका हरेक जानकारी पाउन सकिने भएको छ। विभिन्न सञ्चार मध्यमद्वारा यस्ता खेलाडीहरुको बारेमा विभिन्न लेखहरु पनि प्रशस्त मात्रामा पाइन्छ।

यस्तोमा, आज हामी तपाईंलाई गत एक वर्षको समयमा विश्वभरका सञ्चार माध्यममा सबैभन्दा चर्चित खेल क्षेत्रमा व्यक्ति को रहे त भन्ने बारे जानकारी दिनेछौं। कुनै पनि खेलाडीको बारेमा लेखिएको विभिन्न लेख तथा प्रचारित लेखको सङ्ख्याबाट यो सूची तयार गरिएको हो।

भर्खरै, GolfSupport.com बाट एक अनलाइन अध्ययन एनालिटिक्स उपकरण Buzzsumo को उपयोग गरेर जुलाई २०२० देखि जून २०२१ सम्म विश्व मा सबैभन्दा धेरै प्रचारित शीर्ष १० खेल क्षेत्रका व्यक्तित्वको सूची यस प्रकार छ…..
१०. रोजर फेडेरर – ७५, ८२३ लेख

९. केभिन डुरान्ट – ८८, ०८६ लेख

८. नोआमी ओसाका – ९३,६३७ लेख

७. कनर मेकग्रेगर – १०५,८८० लेख

६. विराट कोहली – १२७,७९७ लेख

५. टम ब्र्याडी – १४०,१५३ लेख

४. क्रिस्टियानो रोनाल्डो – १४५,०४२ लेख

३. नेइमार – १७१,०४६ लेख

२. लेब्रोन जेम्स – २१६,२६८ लेख

१. लियोनल मेस्सी – ४९०,६३२ लेख


