आज सुन ३२ दिन यताकै सस्तो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। कारोबार हुन हप्ताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका आनुसार नेप्पली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेको छ । जससँगै छापावाला सुनको मूल्य ९१ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा तेजाबी सुन ९१ हजार रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

सुन एक महिना यताकै सस्तो

शुक्रबार कायम भएको सुनको मूल्य १ महिना यताकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन असार २१ गते अथवा ३२ दिन यताकै सस्तो हो। त्यस दिन पनि छापावाला सुन ९१ हजार ५ सय र तेजाबी सुन ९१ हजार रुपैंयाँमा कारोबार भएको थियो।

यस हप्ता सुनको मूल्य

यस हप्ता छापावाला सुन ९१ हजार ५ सय देखि ९२ हजार ४ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुनको मूल्य ९१ हजार देखि ९१ हजार ९ सय रुपैंयाँ सम्म रह्यो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघमा अनुसार चाँदीको मूल्य तोलामा रु १० ले घटेर १२ सय ६५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१०:५४

सुनको मूल्य ओरालो लाग्नेक्रम रोकिएन, आज ४० दिन यताकै सस्तो !