च्याम्पियन्स लिग जित्ने उदेश्यका साथ जारी ट्रान्सफर विन्डोमा निकै आक्रामक देखिएको पीएसजीले गयरातीको बार्सिलोनाको घोषणा लगत्तै मेस्सीसँग सम्पर्कमा आएको छ। गयराति मात्र फुटबल क्लब बार्सिलोनाले लालिगाको नियम अनुसार क्लब र मेस्सी बीच नयाँ सम्झौता हुने नसक्ने भन्दै पूर्व कप्तानले क्लब छाड्ने घोषणा गरेको थियो।

ट्रान्सफर गुरु फाब्रीजियो रोमानोका अनुसार फ्रेन्च क्लबले मेस्सीसँग प्रत्यक्ष सम्पर्क सुरु गरिसकेको बताएका छन्। रोमानोले बार्सिलोनाले मेस्सी क्लबमा नरहने घोषणा गर्नुअघिका केहि विवरण पनि प्रदान गरेका छन्। उनका अनुसार सबै कुरा पहिले नै सहमत भइसकेको थियो र मेस्सी बार्सिलोनासँग नयाँ अनुबन्धमा हस्ताक्षर गर्न तयार थिए। तर क्लब अध्यक्ष जोआन लापोर्टाले बार्सिलोना ला लीगा स्यालरी क्याप रुलका कारण मेस्सीसँग नयाँ सम्झौता दर्ता गर्न असमर्थ रहने बताए।
Messi was in Barcelona to sign the contract 🇦🇷
No tension – total agreement & announcement scheduled.
Barça told Leo they’re blocked by La Liga & not able to sign now.
Issues also with other players.
Messi appreciated Laporta’s honesty.
PSG already started direct contacts 🇫🇷 pic.twitter.com/O0BBEZYU57
— Fabrizio Romano (@FabrizioRomano) August 5, 2021
मेस्सीले बार्सिलोना छाड्ने पक्का भएसँगै पीएसजी ३४ वर्षीय स्ट्राइकरलाई अनुबन्ध गर्न तयारी सुरु गरेको हो। विभिन्न रिपोर्टसहरुलाई मान्ने हो भने पनि पीएसजी नै मेस्सीको अघिल्लो गन्तव्य हुने सम्भावना उच्च रहेको छ। गत एक वर्षदेखिको चर्चा सुन्दा र नेइमार, डी मारिया, लियोनार्दो पाराडेस जस्ता मेस्सीसँग राम्रो सम्बन्ध भएका खेलाडी रहेको कारण पनि पीएसजी नै मेस्सीका लागि उचित गन्तव्य देखिन्छ।

सबैलाई क्लब इतिहासकै सर्वोत्कृष्ट खेलाडीले क्लब छाड्ने पक्का भएको कुरा पच्न निकै कठिन भइरहेको छ। शुक्रबार क्लब अध्यक्ष जोआन लापोर्टाले पत्रकार सम्मेलन राखेका छन् जसमा उनले क्लबमा मेस्सीको अवस्था बारे झन् प्रकाश पार्ने आशा गरिएको छ।

