बिहिबार बेलुका जब बार्सिलोनाले पूर्व कप्तान मेस्सीले क्लबबाट अर्को सिजन नखेल्ने घोषणा गर्यो, पूरा विश्वनै चकित भएको थियो। केहि घण्टा अगाडी मात्र मेस्सी र बार्सिलोना बीच नयाँ सम्झौतामा हस्ताक्षर हुने पक्का जस्तै थियो। तर केहि समयमा नै त्यो ठिक विपरित हुन गर्यो। लालिगाको खेलाडीलाई दिने पारिश्रमिकको विषयमा रहेको नियमको कारण क्लबले मेस्सीसँग सम्झौता गर्न नसकिने बतायो।

बार्सिलोनाले घोषणा गरेको उक्त खबर फुटबल प्रशंसकलाई मात्र नभएर स्वयम् मेस्सीलाई पनि विश्वास गर्न कठिन भयो। मुन्डो डिपोर्टिभोको एक रिपोर्टको अनुसार बार्सिलोनाको उक्त बयानले स्वयम् मेस्सी पनि स्तब्ध रहेका छन्। अधिक स्पष्टता नभएसम्म मेस्सीले कुनै सार्वजनिक बयान नदिने बताइएको छ।

यस विषयमा थप स्पष्टता शुक्रबार क्लब अध्यक्ष जोआन लापोर्टा द्वारा एक पत्रकार सम्मेलनमा आउने सम्भावना रहेको छ। मेस्सीले बार्सिलोना फ्यानहरुलाई बिदाइ गर्न र क्लबसँग संयुक्त वक्तव्य जारी गर्न चाहेको पनि रिपोर्टमा उल्लेख छ। क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्नको लागि मेस्सी बुधबार छुट्टी सक्काएर बार्सिलोना फर्किएका थिए।

दुबै पक्ष बीच सबै कुरामा सहमती भएको र आधिकारिक घोषणा मात्र बाँकी रहेको बताइएको थियो। तर त्यसको केहि समयपछि नै ट्रान्सफर बजारमा मेस्सी बरसिलोनामा नरहने ब-म्ब वि-स्फो-ट भयो। जसको कारण स्वयम् मेस्सी लगायत पूरा फुटबल जगत नै चकित बनेको छ।

