‘द भोइस अफ नेपाल’ सिजन ३ को फाइनल भोलि हुँदै, कसको पोल्टामा जाला त उपाधि ?

प्रचलित रियालिटी शो ‘द भोइस अफ नेपाल’ सिजन ३ को फाइनल भोलि शनिबार हुँदैछ। ब्लाइन्ड अडिसन, ब्याटल राउण्ड, नक-आउट राउण्ड हुँदै लाइभ राउण्डसम्म पुगेका उत्कृष्ट १२ प्रतिस्पर्धी मध्ये जनताको भोटका आधारमा चारै जना कोचको टिमबाट सबैभन्दा बढी भोट प्राप्त गर्ने एक-एक जना फाइनलमा प्रवेश गरेका छन्।

‘द भोइस अफ नेपाल’ सिजन ३ को फाइनल भोलि शनिबार बेलुका साढे ८ बजेबाट हिमालयन टिभी तथा भोइसको आधिकारिक युट्युब च्यानलबाट प्रतक्ष रूपमा हेर्न सकिनेछ। महागुरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङका टिममा एक-एक जना गरी चार जना फाइनलमा रहेका छन्।

किरण गजमेर 

ब्लाइन्ड अडिसनबाट नै सबैको मन जित्न सफल भएका किरण कोच प्रमोदको प्रतिनिधित्व गर्दै फाइनलको यात्रा तय गरेका हुन्। सेमी-फाइनलमा सिक्किमका रबि गहतराजलाई पछि पार्दै फाइनलमा प्रवेश गरेका किरण दर्शक मार्फत निकै प्रचलित छन्। देश तथा विदेश सबै तिरबाट माया तथा साथ पाइरहेका किरणलाई विजेता बन्ने प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

ज्वाला राई 

आफ्नै युट्युब च्यानल मार्फत विभिन्न गीत गाइसकेका ज्वाला पनि दर्शकहरु माझ निकै चर्चित छन्। सेमिफाइनलमा अफ्रिता खड्गीलाई पछि पार्दै फाईनलको यात्रा तय गरेका ज्वाला राई कोच तृष्णा गुरुङको टिमका प्रतिस्पर्धी हुन्।

आर्यन तामाङ

भोइसका कान्छा छोरा भनेर चिनिने आर्यन दार्जिलिङका हुन्। भोइसमा आएसँगै सानै उमेरमा उनी चर्चाको शिखरमा पुग्न सफल भएका छन्। टिम दीपमा रहेका आर्यनले सेमिफाइनलमा बुटवलका गोभिन पुनलाई पछि पार्दै फाईनल सम्मको यात्रा तय गरेका आर्यन सानै उमेरमा भोइस जस्तो ठूलो प्रतिस्पर्धाको उपाधि आफ्नो नाममा गर्ने दाउमा हुनेछन्।

तारा श्रीस मगर 

टिम राजुबाट फाइनलको यात्रा तय गरेकी तारा भोइस इतिहास मै फाइनलमा पुग्ने पहिलो महिला प्रतिस्पर्धी हुन्। सुरुका राउण्डबाट नै निकै उत्कृष्ट प्रदर्शन गर्दै आएकी उनी भोइसको पहिलो महिला विजेता बन्ने दाउमा रहेकी छिन्। दर्शकहरु माझ निकै प्रिय रहेकी ताराले अघिल्लो चरणमा सोनम शेर्पालाई पछि पार्दै फाईनलमा पुगेकी हुन्।

तपाईंको बिचारमा को बन्ला त ‘द भोइस अफ नेपाल’ सिजन ३ को विजेता ?

प्रकाशित : शुक्रबार, साउन २२, २०७८१२:५४

दक्षिण भारतीय यी नायिका यति धेरै बदलिइन्, चिन्नै नसकिने भइन् ! को होला ?