पदक जित्ने भारतीय खेलाडी रातारात करोडपति ! कसरी ?

नयाँ दिल्ली । टोकियो ओलम्पिकमा भारतका लागि मेडल जित्ने खेलाडीहरूमाथि पुरस्कारको वर्षा सुरु भएको छ । भारोत्तोलनकी खेलाडी मीराबाई चानूदेखि लिएर पहलवान रवि दहिया एकै दिनमा करोडपति बनेका छन् । ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने अन्य खेलाडीहरूलाई पनि पुरस्कारको घोषणा भइरहेका छन् । राज्य सरकारदेखि लिएर रेलवे, भारतीय ओलम्पिक सङ्घ र केही व्यवसायीहरूले खेलाडीको प्रदर्शनको प्रशंसा गर्दै उनीहरूलाई रकम पुरस्कार दिने घोषणा गरेका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

रजत पदक विजेता मीराबाई चानू मणिपुरकी एएसपी बनिन्, ३ करोड रुपैयाँ पुरस्कार
टोकियो ओलम्पिकमा भारतका लागि पदकको खाता खोल्ने रजत पदक विजेता चानूलाई मणिपुर सरकारले १ करोड भारतीय रुपैयाँ रकम र एडिसनल सुपरिटेन्डेन्ट अफ पुलिस (एएसपी) बनाएको छ । राज्यका मुख्यमन्त्री वीरेन सिंहले यसको घोषणा गरेका हुन् । उता, रेलमन्त्री अश्विनी वैष्णवले पनि रेलवेको तर्फबाट २ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । मणिपुर सरकारले ओलम्पिकमा भाग लिने राज्यका हरेक खेलाडीलाई २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

ब्याडमिन्टन खेलाडी पीवी सिन्धुलाई आन्ध्र सरकारले ३० लाख लिने
भारतलाई ब्याडमिन्टनमा काँस्य पदक दिलाउने पीवी सिन्धुलाई आन्ध्र प्रदेश सरकारले ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यसको साथै इन्डियन ओलम्पिक एसोसिएसनले पनि सिन्धुलाई थप २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । लगातार दुई ओलम्पिकमा मेडल जित्ने सिन्धु पहिलो भारतीय महिला हुन् । सन् २०१६ को रियो ओलम्पिकमा पनि उनले रजत पदक जितेकी थिइन् ।

बक्सर लवलिना बोगोहेनको गाउँमा सडक बनाइयो
क्सिङ खेलाडी लवलिना बोरगोहेनले टोकियो ओलम्पिकमा काँस्य पदक जित्न सफल रहिन् । असमको गोलाघाट निवासी लवलिनालाई असम सरकारले ठूलो पुरस्कार दिएको छ । यो पुरस्कारले उनको गाउँका बासिन्दा पनि खुसी भएका छन् । उनको गाउँको सडक कयौँ वर्षदेखि बिग्रेको थियो । लवलिनाको जितपछि उक्त सडक मर्मत गरिएको छ ।

प्रकाशित : शनिबार, साउन २३, २०७८०८:०७

माधव पक्षको सरकारमा नजाने !