एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा लियोनेल मेस्सीले १० नम्बरको जर्सी नलगाउने भएका छन्। नेयमारले १० नम्बरको जर्सी अफर गरेको भएपनि मेस्सीले उक्त अफरलाई अस्विकार गरिदिएका हुन्।
पिएसजीसँग सम्झौता हुन सकेको खण्डमा मेस्सीले १० नम्बर बहेकको जर्सी लगाउने कुरा अगाडी आएका छन्। एक रिपोर्टका अनुसार मेस्सी जर्सी नम्बर १९ मा देखिन सक्ने उच्च सम्भावना रहेको छ। अर्जेन्टिना तथा बार्सिलोनाबाट खेल्दा मेस्सी १९ नम्बरको जर्सीमा देखा परिसकेका छन्।
मेस्सी र पीएसजीबीच सम्झौता भएको दाबी
पीएसजीका मालिक कतारी राजकुमारका भाई खालिद बिन हमाद बिन खालिफा अल थानीले मेस्सी पीएसजी आउने दावी गरेका छन्। उनले सामाजिक संजाल मार्फत मेस्सी पिएसजी आउने दावी गरेका हुन्। मेस्सी र पिएसजी बीच मौखिक सम्झौता भैसकेको उनको दावी छ।
मेस्सी र पिएसजी एक सहमतिमा पुगेको कुरा केहि समय भित्रै औपचारिक रुपमा घोषणा गरिने पनि उनले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्।
“सहमति औपचारिक रूपमा निष्कर्षमा पुगिसक्यो । केहीपछि घोषणा हुनेछ ।”,ट्वीटरमा उनले लेखेका छन्।

