साउन २९ गते सम्म यी राशिलाई धेरै शुभ, हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ)

खर्च अति नै भइरहला । समस्या टार्नलाई धौ–धौ पर्नेछ । जहाँबाट आउनुपर्ने हो, त्यहाँबाट आर्थिक लाभ होला जस्तो छैन । व्यावसायिक काममा धेरै शिथिलता छ । खर्च भएअनुसारको काम नहुनाले मन खित्र हुनेछ । गणेशको दर्शन गरिरहनुहोस् ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

सुरुका दुई दिनमा राम्रोसँग काम बत्रेछन् । सोमबारदेखि भने स्वास्थ्यसम्बन्धी समस्या खडा हुनसक्छ तर परिवारबाट पाएको सहयोगले त्यस्ता समस्यालाई हल गर्न सकिने छ । मित्र सहयोग मिली नै रहला । व्यापारसम्बन्धी काममा राम्रो प्रगति देखिन्छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

खर्च घट्ने क्रममा छैन । सीमित आय र व्ययको मात्रा धेरै हुनाले आर्थिकसम्बन्धी चिन्ता परी नै रहने छ तर बौद्धिक क्षमता राम्रो भएकाले त्यति चिन्ता लिनुपर्ने छैन । स्वास्थ्यको दृष्टिकोणले समय पूरा राम्रो भत्र सकित्र । शिक्षाको क्षेत्रमा मध्यम प्रगति छ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । मन परेका साथीहरूसँग भेटघाट भइरहला । केही मनोरञ्जनात्मक कार्यहरू पनि पर्नेछन् । आर्थिक लाभ भने सीमित मात्रामा मात्रै छ । व्यावसायिक कामले फाइदा गराउने छ । प्राविधिक क्षेत्रमा समेत राम्रै प्रगति गर्नुहोला ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

सुरुका दुई दिन प्रशस्त खर्च हुनेछ । सोमबार र मङ्गलबारको दिनमा इष्टमित्रहरूसँग भेटघाट हुने र गतिलो विचार–विमर्श हुने सम्भावना देखिन्छ । बौद्धिक स्थिति त्यति कमजोर छैन । खर्च भए पनि असल काममा नै हुनाले चिन्ता लिनुपर्ने समय छैन ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

स्वास्थ्यको सम्बन्धमा सतर्क हुनुहोस् । आर्थिक स्थिति त्यति नराम्रो छैन । हातले समातेको व्यवसायले सामान्य खाले लाभ दिइरहला । यात्राको सम्भावना पनि हाल देखा पर्छ । पढाइको क्षेत्रमा अहिले ठूलो प्रगति छैन । आन्तरिक खाले व्यापारभन्दा बाह्य व्यापारमा फाइदा छ ।

तुला (र रि रु रे रो ता ति तु ते)

पूर्वाद्र्ध निकै राम्रो छ । काम गर्ने प्रवृित्त बढ्ला भने गरेका काममा सफलता देखा पर्छ । पछिल्ला तीन दिनमा भने खर्च बढी नै होला तर प्राविधिक प्रतिभाले त्यसलाई उपर गर्न सकिने छ । भैरवको दर्शनले सामुत्रे आएका बाधा र समस्यालाई हल गर्न मद्दत पुर्याउला ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

सुरुका दिनमा अलिअलि डर लागे पनि सामान्य खालको धैर्य गर्नाले त्यसलाई हटाउन सकिने छ । आर्थिक स्थिति राम्रो रहला । नयाँ खालको काम हातमा पर्न सक्छ । प्रेमको क्षेत्रमा भने नैराश्यता छ । त्यसैले संयमित हुनुहोस् । देवीको दर्शन गरेमा निकै राम्रो हुने सम्भावना छ ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

पहिलेको जस्तो जटिल समय छैन । शनिबार र आइतबार निराशाजनक भए पनि सोमबारपछि अनुकूल छन् । शिक्षाको क्षेत्रमा बिस्तारै प्रगति हुन थालेको छ । नयाँ खालका मित्रहरू थपिन सक्छन् र तिनीहरूबाट केही गतिलो उपलब्धिसमेत लिन सक्नुहुनेछ ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

मध्यम खालको समय छ । यात्रा त होला तर त्यसबाट विशेष उपलब्धि हुने देखित्र । सानातिना चोटपटकहरू लागिरहनेछन् । आफ्नो एवं परिवारको स्वास्थ्यका लागिसमेत खर्च गरिरहनु पर्नेछ । सोमबार र मङ्गलबार त्यति राम्रा छैनन् । गणेश र देवीको दर्शन गरिरहनुहोस् ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

साताको पूर्वाद्र्ध राम्रो खालको छ । गरेका काममा सफलता र नयाँ काम हातमा पर्नाले आर्थिक स्थिति त्यति कमजोर रहने छैन । रिस गर्नेहरू भए पनि तिनीहरूले खासै केही बिगार्न सक्ने छैनन् । बुधबारदेखि भने नयाँ समस्या खडा हुन सक्छन् ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

मध्यम खालको साता छ । आधा काम बन्ला भने आधा बाँकी नै रहने छ । खर्च भएअनुसार कुनै पनि काममा प्रगति नहुनाले मन खित्र होला । मद्दत दिने मित्रहरू बल्ल बल्ल पाइएला कि जस्तो छ । घरपरिवारको कचिङ्गलसमेत सप्ताहको अन्त्यतिर मात्र साम्य हुनसक्छ ।

-दामोदरनाथ लोहनी

ज्योतिषाचार्य

प्रकाशित : शनिबार, साउन २३, २०७८११:३४

भोलि साउन २४ गते आइतबार, कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् दैनिक राशिफल !