एजेन्सी – अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी बार्सिलोनामा नरहे पक्का भएको छ। बार्सिलोना र मेस्सी दुवै सम्झौताका लागि तयार रहेपनि लालिगाको नियमका कारण मेस्सीले बार्सिलोनामा रहन नमिल्ने भएको हो।
यससँगै मेस्सी पेरिस सेन्ट जर्मेन(पिएसजी) जाने चर्चा जोड-तोडका साथ चलिरहेको छ। मेस्सी पिएसजी जाने लगभाग पक्का जस्तै रहेको छ। पछिल्लो एकि खबरमा अनुसार मेस्सी र पिएसजी बीच मौखिक सम्झौता भइसकेको छ।
दुई पक्ष बीच सहमति भएको र सम्झौता भएको आधिकारी घोषणा मात्र हुन बाँकी रहेको बताइन्छ। पिएसजी मालिक कतारी राजकुमारका भाइ खालिद बिन हमाद बिन खालिफा अल थानीले मेस्सी पिएसजी आउने दावी गरिसकेका छन्। उनका अनुसार आधिकारिक घोषणा हुन मात्र बाँकी छ।
मेस्सी पिएसजी जाने पक्का-पक्कि भइसकेको अवस्थामा एभर्टनका स्ट्राइकर हामेस रोड्रिग्वेजले मेस्सी पिएसजी गएको खण्डमा सबै उपाधिमा पिएसजीको पकड हुने टिप्पणी गरेका छन्। मेस्सी पिएसजी गएको खण्डमा पिएसजीलाई कसैले रोक्न नसक्ने रोड्रिग्वेजको भनाई छ। ट्विचमा रोड्रिग्वेजले भने,”यदि मेस्सी पिएसजी गए भने फ्रान्समा उनीहरु आफ्नो छुट्टै लिगमा हुनेछन्। सबै उपाधि पहिलानै पिएसजीलाई दिए हुन्छ।”
फुटबल पछिल्लो समयमा आएर धेरै नै परिवर्तन भएको रोड्रिग्वेजले बताए। मेस्सीले बार्सिलोना छाड्दै गरेको कुराले पनि फुटबल कति परिवर्तन भएको छ भन्ने कुरा देखाउने उनको भनाई छ।

