एसईईको नतिजा सार्वजनिक !

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ। विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको हो।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि २०७७ सालमा कक्षा १० का विद्यार्थीहरुको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय सरकारले गरेको थियो । एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गरेको आधारमा नतिजा प्रकाशित गरिएको यो दोस्रो पटक हो। यस अगाडी २०७६ सालमा एसईईका विद्यार्थीहरुको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि विद्यालयलाई दिइएको थियो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ। इन्टरनेटबाट नतिजा हेर्नको लागि www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com ब मध्ये कुनै पनि वेबसाइटमा जानुपर्ने हुन्छ।

उल्लेखित वेबसाइटहरुमा नतिजाको तथ्यांक अपलोड भइसकेपनि लाइभ हुन भने केहि समय लाग्ने बताएको छ।

कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को निर्धारित परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो। कोरोना भाइरस संक्रमण पुनः बढ्न थालेसँगै कक्षा १२ को परीक्षा स्थगित गर्न विद्यार्थी तथा सरोकारवालाहरुले माग गरेका थिए। विद्यार्थीहरुले सामाजिक संजालमा ट्रेन्ड नै चलाएर दबाव दिएसँगै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा स्थगित गर्ने निर्णयमा पुगेको हो।

स्वास्थ्य मन्त्रालयले समेत हालको अवस्थामा परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो। शनिबार बसेको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा हालको लागि स्थगित भएपनि कार्यविधि बनाएर भौतिक रुपमै परीक्षा लिने बोर्डको तयारी रहेको छ। परीक्षा हुनु अगावै विद्यार्थीहरुलाई जानकारी दिएर परीक्षाको नयना मिती घोषणा गर्ने बोर्डको तयारी छ।

प्रकाशित : शनिबार, साउन २३, २०७८१५:१६

अमेरिका, सिङ्गापुरबाट समेत ल्याइयो डाइपर, एक वर्षमा यति ठूलो रकम बाहिरियो !