भोलि साउन २४ गते आइतबार, कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक समारोहमा उपस्थित हुने मौका मिल्नेछ। मध्यान्हपछि स्वास्थ्यमा समस्या आउनसक्छ। लेन-देनको कार्य सावधानीको साथ गर्नुहोला। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। आमासँगको सम्बन्ध राम्रो हुनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँगको सम्बन्ध सुधार हुनेछ। मध्यान्हपछि सामाजिक कार्यमा संलग्न भइनेछ। साथी-भाईबाट लाभ मिल्नेछ। आक्सिमिक धन लाभको सम्भावना उच्च छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवार र व्यवसायको क्षेत्रमा तपाईंको दिन धेरै राम्रो साबित हुनेछ। कार्य बोझ बढेकोले स्वास्थ्यमा समस्या आउनसक्छ। मध्यान्हपछि भने स्वास्थ्यमा सुधार आउनेछ। साथी-भाईसँग रमणीय भेटघाट हुने सम्भावना छ। सामाजिक कार्यमा योगदान दिनुहुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

निर्धारित कार्य समयमै गरिनेछ। स्वास्थ्य बिग्रन सक्छ, सजग रहनुहोला। क्रोधमा संयम राख्न जरूरी देखिन्छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा आवश्यक विषयमा उच्च अधिकारीहरूसँग छलफल गरिनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक र मानसिक अस्वस्थताको अनुभव हुनेछ। अत्यधिक क्रोधको कारण कसैसँग मनमुटाव हुनसक्छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। परिवारका सदस्यहरूसँग महत्वपूर्ण विषयहरूमा चर्चा गरिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

यस दिन नयाँ कार्य र यात्रा नगर्नु नै राम्रो होला। शारीरिक तथा मानसिक अस्वस्थता रहन सक्छ। क्रोधको मात्र अधिक रहनेछ, जसको कारण हातमा आएको काम फुत्किन पनि सक्छ। धार्मिक आयोजनामा उपस्थित हुने मौका मिल्नेछ। व्यापार व्यवसायमा समय अनुकूल नरहला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको यस दिनको प्रारम्भ अत्यन्त शुभ रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना उच्च छ। रमणीय यात्राको योग बन्नेछ। मध्यान्हपछि परिस्थिति प्रतिकूल हुनसक्छ। वाणीमा संयम राख्नुहोला। शत्रुसँग सावधान हुनुहोस्। नयाँ कार्य यस दिन सुरु नगर्नुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

छोटो यात्राको सम्भावना छ। धन सम्बन्धि आयोजना गर्नको लागि समय अनुकूल रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको आनन्द लिनुहुनेछ। क्रोधमा संयम राख्न जरूरी देखिन्छ। परिवारका सदस्यसँग आनन्दमय समय बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव हुनेछ। कार्य सफलताको लागि अधिक परिश्रम गर्नुपर्नेछ। सम्भव छ भने यात्रा स्थगित गर्नुहोस्। मध्यान्हपछि परिस्थिति तपाईंको लागि अनुकूल रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना उच्च छ। व्यापार क्षेत्रमा पनि लाभ मिल्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईं यस दिन अधिक संवेदनशील हुनुहुनेछ। कुनै कुराले तपाईंको भावनामा चोट पुग्न सक्छ। सवारी चलाउँदा ध्यान दिनुहोस्। परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। कार्य सफलताको लागि कडा मिहेनत गर्नुपर्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य सुरु गर्नको लागि दिन अत्यन्त शुभ छ। मध्यान्हपछि भने मानिसक तनाब बढ्नेछ। विद्यार्थी वर्गको लागि दिन सामान्य रहनेछ। आमाको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। तपाईंको भावनामा पनि चोट पुग्न सक्छ। कार्यक्षेत्रमा समय सोचे जस्तो अनुकूल नरहला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

घर, परिवार र व्यापारको क्षेत्रमा समाधानीपूर्वक व्यवहार गर्नुहोस्। वाणीमा संयम राख्नुहोला, अन्यथा अनावश्यक वाद-विवादमा पर्न सकिन्छ। नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ रहनेछ। छोटो यात्रा गर्नु पर्ने आवश्यक पर्न सक्छ। मनमा कुनै कुरालाई लिएर दुविधा रहन सक्छ।

प्रकाशित : शनिबार, साउन २३, २०७८२०:१८

भोलि साउन महिनाको चौंथो सोमबार, कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् दैनिक राशिफल !