पतिको लागि निकै भाग्यशाली हुन्छन् यी ४ राशिका महिला, जीवन नै खुसीयालीले भर्दिन्छन् !

ज्योतिष विज्ञानमा १२ राशि हुन्छन् यी राशिका मानिस फरक-फरक स्वभावका हुन्छन्। वास्तवमा यी सबै राशिका ९ ग्रहहरु मध्ये एक ग्रह हुन्छन् र यी ग्रहका प्रभाव राशिमा देख्न मिल्छ। यस्तो अवस्थामा प्रत्येक व्यक्तिको स्वभाव, चरित्र र कार्य क्षमता पनि फरक हुन्छ। ज्योतिष शास्त्र अनुसार, केहि राशिका युवतीहरु विवाहपछि पतिका लागी निकै भाग्यशाली मानिन्छन्। जसको विवाह यी राशिका युवातीहरुसँग हुन्छ उनीहरुको भाग्य चम्किनेछ। जुन घरमा यी युवतीको प्रवेश हुन्छ उक्त घरमा सुख-समृद्धिको कमी आउने छैन। कुन-कुन राशिका युवती आफ्ना पतिका लागि भाग्यशाली हुन्छन् त ? जान्नुहोस्…..

कर्कट राशि 

कर्कटका राशि कन्या आफ्ना पतिका लागि भाग्यशाली हुन्छन्। यस राशिका महिला विवाह गरेर जुन घरमा प्रवेश गर्छन्, त्यो घर सधैं उज्यालो र सुखी रहन्छ। यिनीहरुको प्रवेश जुन घरमा हुन्छ, उक्त घरमा कहिल्यै पनि धन सम्पतिको कमी हुने छैन। कर्कट राशिका महिलाले आफ्नो पतिलाई अत्यन्त प्रेम गर्छन् र सधैं खुसी राख्ने हरेक प्रयास गर्छन्। आफ्नो जीवनसाथीको हरेक दुख-सुखमा सधैं साथ दिन्छन्।

मकर राशि 

मकर राशिका कन्याले आफ्नो पतिको भाग्य चम्काउँछन्। यस राशिका महिलाहरुको तार्किक शक्ति र समझ पतिका लागि धेरै प्रभावकारी साबित हुन्छ। यस राशिका महिलाहरु आफ्नो पतिको जीवन सुखी र समृद्ध बनाउन हरेक प्रयास गर्छन्। मकर राशिका कन्याहरु पतिलाई मात्र नभएर पूरा परिवारलाई नै आफ्नो स्वभावका कारण सुखी राख्न सफल हुन्छन्।

कुम्भ राशि 

कुम्भ राशिका महिलाहरु धेरै मेहनती हुन्छन्। उनीहरु सक्रिय रूपमा आफ्नो पति र घरको प्रगतिमा योगदान गर्छन्। उनीहरुको आत्मविश्वास जस्तो सुकै कठिन स्थितिमा पनि घट्दैन। उनी आफ्नो पतिको साहस हुन्। परिस्थिति जस्तोसुकै होस्, उनिहरुले आफ्नो पतिको साथ कहिल्यै पनि छोड्दैनन्। उनीहरुले सधैं आफ्नो परिवारको खुसीको बारेमा सोच्छन्।

मीन राशि 

यस राशिका कन्या धेरै संवेदनशील हुन्छन्। उनीहरुले आफ्नो पति तथा परिवारको धेरै ख्याल राख्छन्। उनीहरु सधैं आफ्नो जीवन साथीलाई खुसी राख्न चाहन्छन्। मीन राशिका महिलाको आगमन जुन पुरुषको जीवनमा हुन्छ, उक्त पुरुषको भाग्य वृद्धि हुनेछ। यी महिलाको प्रवेश जुन घरमा हुन्छ, त्यो घरमा कहिले पनि दुख हुँदैन।

प्रकाशित : आइतबार, साउन २४, २०७८११:३०

ग्रहचक्रमा भोलि हुँदैछ बुधको परिवर्तन, कुन राशिलाई कस्तो प्रभाव ? हेर्नुहोस् !