विश्वलाई कायल पारेकी ऐश्वर्यालाई यी बलिउड कलाकार फुटेको आँखाले पनि देख्न सक्दैनन् !

एजेन्सी – बलिउडमा नायिका ऐश्वर्या राय बच्चनले लामो समय काम गरिन्। त्यसक्रममा उनले धेरै दर्शकहरुलईओ हिट चलचित्रहरु दिइन्। त्यतिमात्र नभई बलिउडमा उनले धेरै मित्र पनि कमाइन्। बलिउडकै कारण उनको विवाह बच्चन परिवारमा भयो।

बलिउडमा यति लामो यात्रा यता गर्दा उनले मित्र मात्र नभई केहि शत्रु पनि कमाएकी छन्। आफ्नो बलिउड करियरमा ऐश्वर्याले बलिउडमा कमाएका शत्रु निम्न छन्।

रानी मुखर्जी

कुनै एक समयमा रानी र ऐश्वर्या धेरै मिल्ने साथी थिए। उनीहरुको मित्रतामा एक चलचित्रका कारण समस्या आएको थियो। ऐश्वर्यालाई अफर गरिएको चलचित्र रानीले फुत्काएपछि दुई बीच दुश्मनी बढेको थियो। त्यति मात्र नभई अभिषेक बच्चनका कारण पनि दुईको मित्रतामा दरार आएको थियो। अहिले सम्म पनि यी दुई बीचको सम्बन्ध राम्रो हुन सकेको छैन।

सोनम कपूर

सोनम कपूर सधैं आफ्नो फिल्महरुको कारण मात्र नभई आफ्नो बयानको कारण पनि चर्चामा रहन्छिन्। एक पटक सोनम कपूरले ऐश्वर्यालाई आन्टी भनिदिएकी थिइन्। त्यस समय देखि दुईको सम्बन्ध राम्रो छैन। सोनम ऐश्वर्यालाई अलि कति पनि मन पराउँदिनन्।

करीना कपूर खान

बलिउडकी चर्चित अभिनेत्री करीना कपूर र ऐश्वर्या बिच पनि राम्रो सम्बन्ध छैन। विभिन्न अवसरहरुले दुवैले सार्वजनिक रुपमै एक-अर्कालाई कटाक्ष गरिसकेका छन्।

इमरान हाशमी

ऐश्वर्या र इमरानले कुनै पनि चलचित्रमा सँगै काम गरेका छैनन्। न त उनीहरु कहिले नजिक नै भए। तर एक पटक इमरानले ऐश्वर्यालाई प्लास्टिक भनिदिएका थिए। सार्वजनिक रुपमा आफूलाई प्लास्टिक भनेपछि ऐश्वर्याले एक अन्तर्वार्तामा आपत्ति जनाएकी थिइन्।

सलमान खान

सलमान खान र ऐश्वर्या बीचको सम्बन्ध बारे थाहा नहुने को होला र ? कुनै एक समयमा यी दुई एक अर्का बिना बाँच्न समेत नसक्ने अवस्थामा पुगेका थिए। तर, सलमानको उग्र स्वभावका कारण यी दुईको सम्बन्ध टुट्न पुगेको थियो।

प्रकाशित : आइतबार, साउन २४, २०७८१२:०७

आमा जस्तो हिट हुन सकेनन् यी नायिका, बलिउडबाट बेपत्ता !