गत बिहिबार फुटबल क्लब बार्सिलोना र क्लब कप्तान लियोनल मेस्सी बीच सम्झौता नहुने खबर आएपछि फुटबल दुनियामा तहल्का नै मच्चिएको थियो। क्लबले खेलाडीलाई दिने पारिश्रमिक सीमा सम्बन्धि लालिगाको नियमको कारण क्लबले मेस्सीसँग सम्झौता गर्न नसकेको बार्सिलोनाले घोषणा गर्यो।

शुक्रबार क्लब अध्यक्ष जोआन लापोर्टाले प्रेस सम्मेलनमा बोल्दै मेस्सीले बार्सिलोनासँग सम्झौता गर्ने सम्भावना नरहेको बताए। बार्सिलोना छाड्ने पक्का भएपछि ३४ वर्षीय स्ट्राइकर अब कता जालान् भन्ने चर्चा सुरु भएको छ। यसबारे सायद आज खुलस्त हुनेछ जब मेस्सी प्रेम सम्मेलममा देखा पर्नेछन्।

आइतबार नेपाली समय अनुसार ३:४५ बाट मेस्सी प्रेस सम्मेलनमा आउने कार्यक्रममा रहेको छ। मेस्सीले बार्सिलोनासँग सम्झौता नहुनु र आफ्नो भविष्यको बारे बोल्ने बुझिएको छ। यस्तोमा मेस्सी र सञ्चार माध्यम बीचको अन्तरक्रिया कसरी हेर्न सकिनेछ त ? जान्नुहोस्….

मेस्सीसँगको प्रेस अगस्त ८, आइतबार नेपाली समय अनुसार ३:४५ मा सुरु हुनेछ। मेस्सीको सम्भवत बार्सिलोना खेलाडीको रूपमा अन्तिम प्रेस सम्मेलन क्याम नाउमा हुनेछ।
मेस्सीको प्रेस सम्मेलन बार्सा टिभी+ मा अंग्रेजीमा वा क्लबको आधिकारिक वेबसाइटमा प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। त्यस्तै, क्लबको आधिकारिक युट्युब च्यानलबाट पनि उक्त प्रेस सम्मलन हेर्न सकिनेछ।

