आमा जस्तो हिट हुन सकेनन् यी नायिका, बलिउडबाट बेपत्ता !

एजेन्सी – गत वर्ष सुशान्त सिंह राजपूतको निधन पश्चात बलिउड र नातावादको मुद्दाले राम्रै स्थान पायो। बलिउड प्रेमी सम्पूर्णले नातावादको खुलेर विरोध गरे। बलिउडका धेरै कलाकार आलोचनाको केन्द्रमा मात्र रहेनन्, बहिष्कारमा पनि।

नातावाद बलिउडमा नयाँ होइन। गएको कयौं वर्ष देखि बलिउडमा नातावाद चलिरहेको छ। चर्चित कलाकारका परिवारका मानिसहरुले चलचित्रमा सजिलै काम पाउने गरेको अहिले भन्दा पनि धेरै पहिले देखि हो।

नातावादको बलमा बलिउड प्रवेश गरेपनि सबै कलाकार सफल भएका भने छैनन्। त्यस्तै केहि अभिनेत्रीहरुका छोरी बारे यहाँ चर्चा गर्दैछौँ, जो बलिउडमा आएपनि सफल हुन नसकेर पलायन भए।

ईशा देओल

ईशा देओल हेमा मालिनीकी छोरी हुन्। कुनै एक समयमा हेमा मालिनी धेरै नै चर्चित थिइन्। आफ्नो जमानाकी हेमाले कयौं हिट चलचित्र दिएकी थिइन्। हेमाको नामकै कारण उनकी छोरी ईशा देओलले पनि बलिउडमा पाइला टेकेकी थिइन्। तर, उनको अभिनयले दर्शक माझ खासै राम्रो छाप छाड्न सकेन। फलस्वरूप उनी अहिले बलिउड देखि टाढा छिन्।

प्रतिभा सिंहा

८० को दशककी अभिनेत्री माला सिन्हाकी छोरी प्रतिभा सिन्हाले पनि आफ्नी आमाले जस्तै बलिउडमा नाम बनाउने सपना देखेकी थिइन्। सन् १९२२ मा बलिउड डेब्यू गरेकी उनले केहि वर्ष संघर्ष गरिन्। ८ वर्ष सम्म संघर्ष गर्दा पनि सफल हुन नसकेपछि उनी बलिउडबाट पलायन नै भइन्।

साशा आगा

फिल्म निकाह बाट चर्चित नायिका सलमा आगाकी छोरी साशा आगाले पनि बलिउडमा डेब्यू गरेकी थिइन्। साशा आगाले फिल्म ‘औरंगजेब’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। पहिलो चलचित्र धेरै राम्रो भएपनि उनले बलिउडमा खासै राम्रो छाप छाड्न भने सकिनन्। पछि उनी अभिनय देखि पलायन भइन्।

तनिषा मुखर्जी

तनुजा मुखर्जी आफ्नो समयमा धेरै नै चर्चित थिइन्। बलिउडमा उनको अभिनय सँग-सँगै सुन्दरताको पनि चर्चा हुन्थ्यो। उनका दुई छोरीहरु काजोल र तनिषा दुवैले बलिउडमा पाइला टेके। काजोल अत्याधिक सफल भएपनि तनिषाले भने सफलता पाउन सकिनन्।

रिया सेन

मुनमुन सेनले हिन्दी मात्र नभई बंगाली चलचित्रहरुका लागि धेरै चर्चित छिन्। दुवै चलचित्र क्षेत्रमा उनको ठूलो नाम छ। तर, उनकी छोरी रिया सेनले भने अभिनयमा जादू चलाउन सकिनन्।

प्रकाशित : आइतबार, साउन २४, २०७८१५:१८

प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा !