काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २ हजार ५४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख १४ हजार ८७७ पुगेको छ भने एन्टिजेन विधिबाट ६८ हजार ४७८ जनामा संक्रमण पुष्टि भएको छ।
थप ९ हजार ३३ जनाको पिसिआर परीक्षण तथा ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार १३७ तथा एन्टिजेनबाट ४११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३६ लाख ८३ हजार ७३४ जना पुगेको छ । हालसम्म ६ लाख ६९ हजार २९९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ५५ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ९३ पुगेको छ।

