सिस्नु खाँदा के हुन्छ स्वास्थ्यमा फाइदा ?

काठमाडौं । यदि तपाईले सिस्नु नियमित रुपमा खानसँग मिलाएर खाएमो स्वास्थ्यको लागी निकै फाइदाजनक हुन्छ । किनभने यसमा फलाम (आइरन), पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ ।

त्यसैले हाम्रो शरिरमा चाहिने सम्पूर्ण तत्वहरु सिस्नुमा नै पाइने भएकाले अति आवश्यक छ । यदि तपाई पनि सिस्नु पकाएर खान चाहनुहुन्छ । यसरी बनाउनुहोस्

सुरुवातमा सिस्नु टिपेर ल्याएपछि राम्ररी पखाल्नुस् । त्यसपछि सिस्नुलाई मसिनो पारेर काट्नुहोस् । काटेको सिस्नु कराइमा हालेर नुन , खुर्सानी , लसुन ,टिमुर हाल्नुस् र तरकारी बनाएर खानासँग खानुहोस् । तर यसलाई घाममा सुकाएर धुलो बनाएर उक्त धुलोलाई तरकारी , सुप र अन्य चीजहरुमा राखेर पनि खान सकिन्छ ।

यसका अचुक फाइदाहरु,
-पहिलो सिस्नु विशेषगरी महिलाहरुलाई रक्तअल्पता र कमजोरीबाट बचाउछ ।
-दोस्रो मधुमेह र मुटुरोगबाट पनि बचाउछ ।
-तेस्रो कपाल झर्ने समस्या र डन्डिफोर, दाद लगायत छाला सम्बन्धी रोगबाट बचाउछ ।
-चौथोमा हाडजोर्नी दुख्ने वा बाथको समस्याबाट पनि मुक्ति दिन्छ । त्यसका लागी यसको झोल बनाएर नियमित खानुपर्छ ।
– र पाचौमा पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दछ ।

प्रकाशित : आइतबार, साउन २४, २०७८१९:०१

किन धेरै रिसाउँछन् बच्चा ? यस्तो रोग लागेको पनि हुन सक्छ !