एकाबिहानै भड्किए पौडेल: भने – ‘देउवाले कांग्रेसलाई माग्ने बनाए’

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता राम चन्द्र पौडेलले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलिई भीख माग्ने अवस्थामा पुर्याएको बताएका छन्।

पौडेलले सोमबार बिहान सामाजिक संजाल मार्फत देउवाको आलोचना गर्दै देउवाले नेपाली कांग्रेसलाई भीख माग्ने अवस्थामा पुर्याएको आरोप लगाएका हुन्।

आगामी भदौ १६–१९ का लागि तय गरेको १४ औं महाधिवेशन सार्न देउवा निर्वाचन आयोग समक्ष पुगेपछि पौडेलले सामाजिक संजाल मार्फत देउवाका कारण नै नेपाली कांग्रेस हालको अवस्थामा पुगेको बताएका छन्।

“पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ?”,पौडेलले लेखेका छन्,”यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।”

प्रकाशित : सोमबार, साउन २५, २०७८०८:४२

बाबुरामलाई अर्ली इलेक्सनको डर, एमाले मिल्न लागेको पनि देख्न सकेनन् !