बाबुरामलाई अर्ली इलेक्सनको डर, एमाले मिल्न लागेको पनि देख्न सकेनन् !

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमनको खतरा टरिनसकेको बताएका छन्। भट्टराईले आइतबार राति एक ट्वीट गर्दै प्रतिगमनको खतरा अझै कायम रहेको हुँदा ढुक्क रहने अवस्था नरहेको बताएका हुन्।

कोरोना भाइरसको जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउने सक्ने भट्टराईको शंका छ। भट्टराईले ट्वीट गर्दै पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने चेतवानी दिएका छन्।

पहिलो प्रतिगमनले संविधानको ज्यान मात्र लिने प्रयास गरेको भएपानि दोस्रो प्रतिगमनले संविधानको आत्मा नै लिने भट्टराईको भनाई छ। त्यस्तै भट्टराईले ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्किन आग्रह गरेका छन्। पछिल्लो समय नेकपा एमाले भित्र भैरहेको एकता प्रयासलाई लिएर भट्टराईले पार्टी वा गुटतिर नफर्किन आग्रह गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ।

भट्टराईले ट्वीट गर्दै भनेका छन्,”कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ! पहिलोले संविधानको सशरीर ह-त्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मा’र्ने गरी आउन सक्छ।अत: ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ !”

प्रकाशित : सोमबार, साउन २५, २०७८१०:०२

आज सुन यस वर्षकै सस्तो ! कति ?