एजेन्सी – अभिनेत्री दीपिका पादुकोणसँग बलिउडका फिल्म निर्देशक संजय लिला भंसाली धेरै नजिक छन्। भंसालीले पादुकोणलाई पछिल्ला धेरै राम्रा चलचित्रहरुकाम काम गर्ने मौका दिसकेका छन्। भंसालीको सहकार्य दीपिकासंग मात्र छैन रणवीर सिंहसंग पनि धेरै राम्रो छ।
अहिले सम्म रणवीर सिंह र दीपिकासंग भंसालीले एक साथ तीन चलचित्रमा सहकार्य गरिसकेका छन्। तीन बीच सहकार्य भएको चलचित्रहरुमा पद्मावत, बाजिराओ मस्तानी र गोलियोन की रसलीला राम-लीला हुन् । तीनै चलचित्र हिट भएका थिए।
यति बेला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’को तयारीमा छन्। उनले यस चलचित्रमा पनि दीपिका र रणवीरको जोडीलाई नै मौका दिने तयारी गरेपनि त्यो सम्भव नहुने भएको छ।
भारतीय संचार माध्यमका अनुसार दीपिका बैजु बावराबाट बाहिरिएकी छन्। पति रणवीर सिंह जति नै पारिश्रमिक मागेपछि दीपिका प्रोजेक्टबाट आउट भएको भारतीय मिडियाहरुको दावी छ। आफुले मागेजति पारिश्रमिक नपाउने भएपछि दीपिका आफैं चलचित्रबाट बाहिरिएको भारतीय संचार माध्यमहरु बताउँछन्।
दीपिकाले रणवीर जति नै पारिश्रमिक माग गरेको दावी गरेपनि कति मागेको हो भन्ने बारे भने भारतीय संचार माध्यमहरुले केहि पनि खुलाएका छैनन्।

