ओलम्पिक जितेपछि ब्राजिलियन खेलाडीले फिफा अध्यक्षलाई ‘टकले’ भनेपछि [भिडियो सहित]

ब्राजिलियन स्टार रिचर्लिसन अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्। टोकियो ओलम्पिकमा ब्राजिललाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलेका एभर्टन स्टारले पदक वितरण कार्यक्रममा फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई ‘टकले’ भनेपछि उनी अहिले चर्चामा आएका छन्।

ब्राजिलियन फरवार्ड फाइनलमा पेनाल्टीमा चुकेपनि स्पेनलाई २-१ ले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक दिन सफल भयो। रिचर्लिसनले प्रतियोगिता भर ५ गोल गर्न सफल भए।

तर अहिले खेलपछि खेल भन्दा पनि रिचर्लिसनको उक्त मजेदार भिडियोले निकै चर्चा पाएको छ। ओलम्पिक स्वर्ण पदक वितरण गर्दै गर्दा मास्क लगाएका रिचर्लिसनले फिफा अध्यक्षलाई भने,”अर्को वर्ष कतारमा यस्तै हुनेछ टकले।” ब्राजिलका एपी संवाददाता मौरिसियो सवरेसेले एभर्टन स्टारले इन्फान्टिनोलाई ‘टकले’ भनेको पुष्टि गरेका छन्।

२४ वर्षीय ब्राजिलियन फरवार्डले अर्को वर्ष भन्दै कतार विश्वकपलाई संकेत गरिरहेका थिए। २२ औं संस्करणको विश्वकप आउँदो वर्ष नोभेम्बर देखि डिसेम्बरमा कतारमा आयोजना हुनेछ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१५:३४

२०१६ टि-२० फाइनलका हिरो कार्लोस ब्रेथवेट पाकिस्तानी ब्याट्सम्यान शोएब मलिकले इपिएल खेल्ने !