केपी ओलीलाई थर्काएर बैठक नै नबसी हिँडे उपाध्यक्ष वामदेव गौतम !

नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध कडा रूपमा प्रस्तुत भएका छन्। पार्टीको विधान पारित गर्न सोमबार बसेको बैठकमा अध्यक्ष ओलीसँग रुष्ट हुँदै गौतम केन्द्रीय समिति बैठकमा सहभागी नै नभई फर्किएका छन्।

सोमबार बोलाइएको केन्द्रीय समितीको बैठक सुरु हुनुअघि नै स्थायी कमिटी बैठक बसेको थियो। ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकमा पेस भएको विधान संशोधन प्रस्तावमा बोल्दै उपाध्यक्ष गौतमले केही समयअघि अध्यक्ष ओलीले दिएका अभिव्यक्तिप्रति लक्षित धारणा राखेका थिए। उनले पार्टी अध्यक्षले मनपरी गरेको आरोप समेत लागएका छन्।

बैठकमा बोल्दै गौतमले केहि समय अगाडी ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्री देउबालाई विश्वासको मत दिने नेतालाई आममाफी दिने र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अपराधी, गद्दार र देशद्रोही भनेको कुरालाई व्यंग्य गर्दै विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने कुरा बताए। पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार र पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कसैलाई अपराधी, कसैलाई गद्दार र कसैलाई देशद्रोही भन्ने अधिकार पनि थप गर्नुपर्ने भएको उनको भनाई थियो।

“पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग मदभिन्नता चलिरहँदा अध्यक्ष ज्युले नेपाललाई अपराधी, गद्दार र देशद्रोही पनि भन्नुभयो। अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा पनि व्यवस्था गर्नुपर्यो। बोल्नुहुँदैन भने किन बोल्नुभयो ? यस्तो मनपरी गर्न पाइँदैन,” गौतमले भने।

पार्टीका अन्य सदस्यले गल्ती गर्दा कारबाही हुन्छ भने अध्यक्षले गल्ती गर्दा कारवाही हुने कि नहुने भन्दै उनले प्रश्न समेत उठाए। स्थायी कमिटीमै माहोल तातेपछि गौतम केन्द्रीय कमिटीको बैठकमा सहभागी नभई फर्किएका थिए।

प्रकाशित : सोमबार, साउन २५, २०७८१७:३४

“भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी: मेरो याद आउने चीज सबै भत्काइदेऊ: केपी ओली