अब छिट्टै यस कम्पनिको आईपीओ खुल्दै, कहिले र कति कित्ता भर्ने?

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाले  यही साउन २७ गतेदेखि आईपीओ जारी गर्ने भएको हो।

कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ। नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न दिएको अनुमतिसँगै संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी गर्न लागेको ३ लाख ९३ हजार ७५० कित्ता शेयर मध्ये ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। बाँकी शेयर कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएको छ।

आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई दिएको संस्थाले गत वैशाख १३ गते आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको थियो।

कम्पनीले निष्काशन गर्न लागेको शेयरमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : सोमबार, साउन २५, २०७८१९:४१

चेकिङ ड्युटीमा थिए इन्सपेक्टर, मोटरसाइकलले ठक्कर दिँदा निधन !