काठमाडौँ – इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको निधन भएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वाग्लेको उपचारका क्रममा सोमबार राति निधन भएको हो।
वाग्लेलाई कार्यालय अगाडी बाटोमा हिँडिरहेको अवस्थामा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको र भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। मोटरसाइकलले ठक्कर दिँदा वाग्ले चेकिङ ड्युटीमा थिए।
ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ। पक्राउ गरिएकामा सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुन रहेका छन्।

