लगातार घटेको सुनको मूल्य आज बढ्यो ! कति ?

काठमाडौँ – गएको हप्ता देखि लगातार बढिरहेको सुनको मूल्य मंगलबार बढेको छ। गत हप्ता लगातार घटेर यस हप्ताको दुई दिन पनि घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार २ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले नै बढेको छ। आज नेपाली बजारमा तेजाबी सुन ८८ हजार ७ सय ५० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार र सोमबार ८९ हजार तथा तेजाबी सुन आइतबार ८९ हजार ५ सय ५० र सोमबार ८८ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । नेपाल सुन चाँदी व्यावसायी महासंघमा अनुसार चाँदीको मूल्य तोलामा रु १० ले घटेर १२ सय ०५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८११:१२

काठमाडौँ उपत्यकामा फेरी निषेधाज्ञा थप्ने?