फेरी पनि बढ्यो बजाजका मोटरसाइकलको मूल्य ! कुन मोटरसाइकलको कति ? [मूल्य सूची सहित]

काठमाडौँ – नेपाली बजारमा बजाजका मोटरसाइकलहरुको मूल्य वृद्धि भएको छ। नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाजका मोटरसाइकलहरुको मूल्य परिमार्जन गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । पछिल्लो पटक एक महिना अगाडी मात्रै बजाजका मोटरसाइकलहरुको मूल्य वृद्धि भएको थियो।

चैत ८ गते देखि लागू हुनेगरी मोटरसाइकलहरुको मूल्य वृद्धि गरिएको हंसराज हुलासचन्द एण्ड कम्पनी जनाएको छ। कम्पनीका अनुसार विभिन्न मोडलका बाइकमा चार हजार रुपैयाँदेखि १६ हजारसम्मले मूल्य वृद्धि भएको छ।

सार्वजनिक मूल्य सूचीका अनुसार सबै भन्दा बढी मूल्य बजाज डोमिनारको बढेको छ । डोमिनार ४०० सिसिको मूल्य १६ हजार रुपैंयाँले बढेको छ भने डोमिनर २ सय ५० सिसिको मूल्य ११ हजार बढेको छ। नयाँ मूल्य अनुसार नेपालमा ४ सय सिसि डोमिनारको मूल्य अब ५ लाख ९८ हजार ९ सय रुपैयाँ भएको छ। त्यस्तै डोमिनर २ सय ५० सिसिको मूल्य ५ लाख १८ हजार ९ सय कायम भएको छ।

कुन बाइकको मूल्य कति ?

नयाँ मूल्य सूचीका अनुसार बजाजको सबै भन्दा सस्तो मोटरसाइकल प्लाटिना १०० इएसको १ लाख ८९ हजार ९ सय र डिस्कभर १२५ ड्रमको मूल्य २ लाख ९ सय पर्ने भएको छ। डिस्कभर १२५ ड्रमको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

डिस्कभर १२५ डिस्क र डिस्कभर १२५ एसटीको मूल्य ५ हजार रुपैंयाँले बढेको छ । डिस्कभर १२५ डिस्कको २ लाख १४ हजार ९ सय र डिस्कभर १२५ एसटीको २ लाख २५ हजार ९ सय कायम भएको छ।

त्यस्तै पल्सर १२५ डिस्क, पल्सर१५० एसडीको मूल्य ६ हजारले बढेको छ। अब पल्सर १२५ डिस्कलाई २ लाख ४४ हजार ९ सय र पल्सर १५० एसडीलाई २ लाख ७४ हजार ९ सय पर्नेछ । पल्सर १५० टिडीको मूल्य ५ हजार १ सय रुपैयाँले बढेर २ लाख ८९ हजार कायम भएको छ।

मोडल पुरानो मूल्य नयाँ मूल्य सूची
प्लाटिना १०० इएस १,८५,९०० १,८९,९००
डिस्कभर १२५ ड्रम २,००,९०० २,००,९००
डिस्कभर १२५ डिस्क २,०९,९०० २,१४,९००
डिस्कभर १२५ एसटी २,२०,९०० २,२५,९००
पल्सर १२५ डिस्क २,३८,९०० २,४४,९००
पल्सर१५० एसडी २,६८,९०० २,७४,९००
पल्सर १५० टिडी २,८३,९०० २,८९,०००
पल्सर १६० एनएस टिडी एबिएस ३,०८,९०० ३,१५,९००
पल्सर २२० एफ एबिएस ३,५२,९०० ३,५९,९००
पल्सर २०० एनएस एबिएस ३,५५,९०० ३,६१,९००
पल्सर २०० एनएस एफआइ एबिएस ३,८१,९०० ३,८७,९००
एभेन्जर १६० स्ट्रिट एबिएस ३,३६,९०० ३,४३,९००
एभेन्जर २२० क्रुस ३,५९,९०० ३,६४,९००
डोमिनार २५० एबिएस ५,०७,९०० ५,१८,९००
डोमिनार ४०० एबिएस ५,८२,९०० ५,९८,९००
प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१२:२६

व्यावसाय गर्न २० लाख, कृषिमा १० लाख बिना धितो सहुलियतपूर्ण ऋण ! ब्याज कति ?