धेरै नै खर्चालु हुन्छन् यी ४ राशिका मानिस, सौख पूरा गर्न पैसाको खोला बगाउन पनि तयार हुन्छन् !

ज्योतिष विज्ञानमा १२ राशि हुन्छन् यी राशिका मानिस फरक-फरक स्वभावका हुन्छन्। वास्तवमा यी सबै राशिका ९ ग्रहहरु मध्ये एक ग्रह हुन्छन् र यी ग्रहका प्रभाव राशिमा देख्न मिल्छ। यस्तो अवस्थामा प्रत्येक व्यक्तिको स्वभाव, चरित्र र कार्य क्षमता पनि फरक हुन्छ। ज्योतिष शास्त्र अनुसार, केहि राशिका मानिस धेरै नै खर्चालु स्वभावका हुन्छन्। यी मानिसले भौतिक सुखका लागि खुलेर खर्च गर्ने गर्छन्। जान्नुहोस् कुन-कुन राशिका मानिस धेरै नै खर्चालु स्वभावका हुन्छन्……

मिथुन राशि 

मिथुन राशिको स्वामी ग्रह बुध हो। यस राशिका मानिस निकै चलाख हुनुका साथै खर्च गर्ने काममा पनि निकै अगाडी हुन्छन्। यी मानिस आफ्नो लुक्स र खानपिनमा मन खोलेर खर्च गर्छन्। मिथुन राशिका मानिसको हातमा कहिल्यै पनि पैसा टिक्दैन।

सिंह राशि 

सिंह ग्रह सूर्यको राशि हो, जो शाही समृद्धि को प्रतीक हो। यस राशिका मानिसहरु धेरै पैसा खर्च गर्छन्। विलासी जीवन बिताउने यिनीहरुले निकै खर्च गर्छन्। कुनै पनि सोच बिचार नगरी यी मानिस जति पनि पैसा उडाउन तयार हुन्छन्।

तुला राशि 

शुक्र ग्रह, भौतिक सुखको कारक, तुला राशिको स्वामी हो। यस राशिका मानिस महँगा-महँगा सौख राख्छन्। तुला राशिका मानिस आफ्नो लुक्स र खानपिनमा खुब खर्च गर्छन्। यस राशिका मानिस खर्च गर्ने मामलामा एक नम्बरमा पर्छन्।

वृश्चिक राशि 

वृश्चिक राशिको स्वामी ग्रह मंगल हो। यस राशिका मानिस पनि खर्च गर्ने मामलामा निकै अगाडी हुन्छन्। वृश्चिक राशिका मानिस रहन-सहनमा अधिक खर्च गर्ने गर्छन्। कसैको वास्ता नगरी खर्च गर्ने किसिमका हुन्छन् यी मानिस। वर्तमान समयमा रमाउन मन गर्ने यी मानिस मन खोलेर खर्च गर्ने गर्छन्।

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१३:२१

भोलि हुँदैछ ग्रहचक्रमा परिवर्तन, यी चार राशिलाई धेरै अशुभ !