सत्तापक्षका मित्रहरु दशैं आएर केटाकेटी आँगनमा नाचेको जस्तै नाच्दै हुनुहुन्छ: ओली

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरु हौसिएर केटाकेटी जस्तै नाच्न मात्र बाँकी रहेको बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गठबन्धनका सत्तारुढ दलका नेताहरुले केहि काम नै नगरी एक महिना बधाई मात्र थाप्दै बसेको आरोप समेत लगाएका छन्। उनले सत्तापक्षका नेताहरु अचानक सरकारमा आएको भएर दशैं आयो भनेर केटाकेटी नाचेको जस्तै नाच्न सुरु गरेका बताएका छन्।

एमाले अध्यक्ष ओलीले सरकारले एक महिनासम्म केहि पनि प्रगती नगरेकोमा बधाई भन्दै सरकारप्रति व्यंग्य प्रहार समेत गरेका थिए। उनले भने,”असमान्य तरिकाले सरकार परिवर्तन भएकाले होकी क हो, सत्ता पक्षका मित्रहरु असाध्यै हैसिनुभएको छ। दशैं आएर केटाकेटी आँगनमा नाचे जस्तै नाच्दै ठिक छ।”

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१४:१८

“भ्रष्टाचारीका महानायक ओलीलाई तह लगाउन काँग्रेसको सरकार बनेको हो”