“भ्रष्टाचारीका महानायक ओलीलाई तह लगाउन काँग्रेसको सरकार बनेको हो”

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीका महानायक भएको आरोप लागएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रायमाझीले पूर्व प्रधानमन्त्री ओली भ्रष्टाचारीका महानायक भएको बताएका हुन्।

उनले आफ्नो पार्टी तथा पार्टीका अध्यक्षको कहिल्यै पनि सरकारमा जाने सोच नभएता पनि ओलीको संसद विगटन गर्ने जस्ता कदमका कारण आफ्नो पार्टी सरकारमा आएको पनि उनले बताए। केपी ओलीको सरकार गठन भएको दुई वर्षसम्म कांग्रेसले कुनै अवरोध नगरी समर्थक गर्दा पनि सरकार भ्रष्टाचारी भएपछि नेपाली जनता र संविधानको संरक्षणका लागि काँग्रेस गठबन्धन बनाउन बाध्य भएको उनको भनाई छ।

“संसद् विघटन गरेर संसदलाई समाप्त गर्न खोज्ने भ्रष्टाचारका महानायक केपी ओलीले त्यो कदम चालेपछि बाध्य भयौं। ओली सरकारलाई दुई वर्ष बिना कुनै अवरोध गर्यौं। तर कोभिड महामारीमा पनि अरबौंको भ्रष्टाचार गरेपछि देश र जनताका लागि गठबन्धन बनाउन बाध्य भयौं। भ्रष्टाचारका महानायक केपी ओलीलाई तह लगाउन यो गठबन्धनको सरकार बनाएका हौँ।”

प्रकाशित : मङ्गलबार, साउन २६, २०७८१४:५०

एमालेका नेता-सांसदहरुलाई मन्त्री बनाइदिन ओलीले देउवालाई आग्रह गरेपछि …