काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका सांसदहरुलाई मन्त्री बनाइदिन आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नेक्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपाल पक्षका नेताहरुलाई मन्त्री बनाइदिन अआग्ढ़ गरेका हुन्।
देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरु देउवाको चाकडीमा कुदिरहेको ओलीले आरोप लगाए। मन्त्री पद खाना दौडधुप गरिरहेकाहरुलाई सक्दो छिटो मन्त्री बनाइदिन देउवालाई ओलीको आग्रह छ।
“सम्माननीय प्रधानमन्त्री ज्यू, मेरै पार्टीका केहि मान्छेहरु पाउँला र खाउँला भनेर तपाईका पछि कुदेका छन्। उनीहरुलाई मन्त्री दिनुस्। किन विलम्भ गर्नुभएको?”,ओलीले संसदको अगाडी देउवालाई भने। मन्त्री नपाएर माधव नेपाल पक्षका सांसद तथा नेताहरु छटपटाइरहेको पनि ओलीले बताए।
“यति त गरिसक्नुभयो, आफ्नो पछि लगाइसक्नुभयो। पछिपछि कुदेका छन्, स्वाँ-स्वाँ गरेका छन्, मन्त्री खाना पाउँ भन्या छन्, बिहान बेलुका नै चाकडीमा हाजिर भएका छन्। कृपया मन्त्री पद दिनुस्।”,ओलीले थप भने,”मेरो दलमा अलिकति घाटा भएपनि सहौँला -बुझौँला।”

