शुभ समय आउनुभन्दा पहिला तपाईलाई मिल्छ यस्तो १० शुभ संकेत, हुनेछ मालामाल!

धनी हुन जो कोहि पनि चाहन्छन्। धनकी देवी लक्ष्मीको कृपाले नै धन प्राप्त हुन्छ। ज्योतिष शास्त्रअनुसार तपाईलाई  १० शुभ संकेत मिल्छ जब तपाईको घरमा महालक्ष्मीको आगमन हुन्छ र तपाईलाई अपार धन प्राप्त हुन्छ। यसलाई तपाई शुभ समयको संकेत मान्न सक्नुहुन्छ।

१. पहिलो संकेत : यदि अचानक तपाईको घरमा  कालो कमिलाहरु आएर घेरा बनाएर केहि खान थाल्छन भने यसलाई महालक्ष्मीको आगमन हुन सक्ने र धन मिल्न  सक्ने संकेत मान्न सक्नुहुन्छ। यस्तो अवस्थामा ति कमिलालाई  चिनी मिसाएर आटा खान दिनुहोस्।

२.दोस्रो संकेत : यदि तपाईको घरमा कुनै पनि चरा आएर गुँड बनाउँछ भने यसलाई शुभ संकेत मान्न सक्नुहुन्छ। तपाई घरमा महालक्ष्मीको आगमन हुन सक्ने कुरा मान्न सक्नुहुन्छ।

३. तेस्रो संकेत : यदि अचानक घरमा एउटै ठाउँमा तीनवटा छेपारो एकै ठाउँमा देख्नुहुन्छ भने यसलाई धेरै शुभ मानिन्छ। यो महालक्ष्मीको आगमनको पनि संकेत हो। यो पनि भनिन्छ कि यदि छेपारो एक अर्काको पछि लागेको देख्यौँ भने यसले घरको प्रगतिको संकेत गर्छ।  दीपावलीको दिन तुलसीको बिरुवामा छेपारो देख्नु धेरै शुभ मानिन्छ। यसले धेरै पैसा प्राप्त गर्न सक्नुहुन्छ।

४. चौथो संकेत : यदि तपाईको दाहिने हत्केला लगातार चिलाईरहेको छ भने यसलाई पैसा प्राप्त हुन सक्ने शुभ संकेत मान्न सक्नुहुन्छ।

५. पाचौँ संकेत : यदि  सपनामा झाडु  ,उल्लु ,  घैटो , हात्ती , न्याउरी , तारा , सर्प , गुलाब आदि सपनामा देख्नुभयो भने यो धन प्राप्त हुने संकेत हो।

६.छैठौँ संकेत : यदि तपाईले बिहान उठ्ने बितिक्कै र साँझ शंखको आवाज सुन्नुहुन्छ भने यो महालक्ष्मीको आगमनको संकेत हो।

७. सातौँ संकेत :  यदि तपाईले घरबाट कतै बाहिर जाँदा उखु देख्नुभयो भने यसलाई धन प्राप्तिको संकेत मान्न सक्नुहुन्छ।

८. आठौँ संकेत :  यदि तपाईले आफ्नो घर अगाडी धेरै दिनदेखि उल्लु देखिरहनु भएको छ भने माता  लक्ष्मीको आगमन हुने र धन प्राप्त हुने कुरामा खुशी रहनुहोला।

९.नौ संकेत : यदि तपाई कुनै कामले बाहिर गईरहनुभएको छ र बाटोमा कुकुरले मुखमा कुनै पनि शाकाहारी चीज वा रोटि ल्याएको देख्नुभयो भने यसलाई धनलाभको संकेत मान्न सक्नुहुन्छ।

१०.दसौँ संकेत : यदि तपाई बिहान कतै जान लाग्नुभएको र कसैले झाडु लगाईरहेको छ भने यसलाई तपाई छिट्टै धनी हुने संकेत मान्न सक्नुहुन्छ।

प्रकाशित : बुधबार, साउन २७, २०७८१२:१२

आज साउन महिनाको अत्यन्त महत्वपूर्ण तिथि, यस्ता उपाय गरेर पाउनुहोस् हरेक दुख-कष्टबाट मुक्ति !