मानुषी लघुवित्त आइपिओ बिक्री खुल्यो ! सर्वसाधारणको भागमा कति ?

काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर(आइपिओ)को बिक्री खुला भएको छ। मानुषी लघुवित्त वित्तीय संस्थाको आइपिओ आज देखि सर्वसाधारणका लागि खुला भएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण शेयर निष्कासनमा ल्याएको छ। त्यसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानीका लागि छुट्याइएको छ। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओका लागि न्यूनतम १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। छिटोमा साउन ३१ गते र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ ९ गतेसम्म आवेदन सकिएन कम्पनीले जनाएको छ। कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फत समेत आइपिओमा आवेदन दिन सक्नेछन् । साथै बिक्री प्रबन्धकबाट पनि आइपिओका लागि आवेदन दिन सकिनेछ।

प्रकाशित : बुधबार, साउन २७, २०७८०८:५३

आज सुन १ सय २६ दिन यताकै सस्तो !