मेस्सी, नेयमार र एम्बाप्पे (एमएनएम) ले अब विश्व खान्छ !

एजेन्सी – लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेसँगै उनी आफ्नो मिल्ने सहयात्री नेयमारसँग पुर्नमिलन हुनेछ । र यो जोडीले एकपटक फेरि एकैपटक आक्रमण सम्हालेछन् ।

क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ को आक्रमक त्रिमुर्ति चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ को ट्रिओ रहनेछन् । मेस्सी, सुआरेज र नेयमारको सहकार्यले विश्व फुटबलमा तहल्का मच्चाएको थियो । अब यसमा सुआरेजको स्थानमा केलियन एमबाप्पे रहनेछन् ।

मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओलाई विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा हेरिएको छ । यसले एमएसएनको विरासत बिर्साउने प्रयास गर्नेछ ।२२ वर्षीय फ्रान्सेली युवा स्टार विश्व फुटबलको भविष्यको पोस्टर ब्वाय हुन सक्छन् । उनी विश्वको उत्कृष्ट खेलाडी हुन सक्ने आँकलन गरिएको छ । तर अब यो ट्रिओमा ट्रिओसँगै एमबाप्पेले कसरी खेल्छन् । त्यो हेर्न बाँकी छ ।

एमबाप्पेले आफुलाई सुधार गरिरहेका छन् । ३४ वर्षीय मेस्सी सर्वश्रेष्ठ खेलाडी भइसकेका छन् । अब उनले पीएसजीमा कस्तो जादु देखाउने हो । त्यो हेर्न बाँकी छ । उनले एमएसएनको ट्रिओमा हरेक सिजन ५१ गोलको आँकडामा गोल गरेका थिए । पछिल्लो सिजन उनले ४० को आँकडामा गोल गरिरहेका छन् ।

पीएसजी आएको सिजनदेखि नै चोटसँग जुधेको नेयमारले बार्सिलोनाको तुलनामा कम गोल गरेका छन् । उनले गत सिजन मात्रै १७ गोल गरेका थिए । जुन उनले सन् २०१३–१४को सिजमा बार्सिलोनामा गरेभन्दा कम गोल हो । जब कि पीएसजीमा एमबाप्पे भन्दा नेयमारकै छवि राम्रो छ । अब एमबाप्पे के गर्छन । एमबाप्पेले मेस्सीसँग कस्तो सम्बन्ध राख्छन् । यि तीनको जोडी प्रशिक्षक मौरिसियो पोचेटिनोको लागि एक अवसर र चुनौती हुनेछ ।

प्रकाशित : बुधबार, साउन २७, २०७८१०:४२

मेस्सी बिनाको बार्सिलोना नै उत्कृष्ट हुनेछ !