यी कारणले गर्दा मेस्सी पिएसजी गएका रहेछन् !

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी बार्सिलोना नबस्ने खबर बाहिरिँदा सबै चकित परेका थिए। मेस्सी कुन क्लब जालान् भन्ने विषयमा सबैको चासो थियो। तर मेस्सीले आफ्नो भविष्यलाई अन्योलमा राखेनन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको छलफललाई तिब्रता दिएर मेस्सीले सम्झौताको टुंगो लगाए।

मेस्सीले पिएसजीसँग अनुबन्धित हुन एक हप्ता पनि लगाएनन्। गएको बिहिबार मेस्सीले बार्सिलोना छाड्ने पक्का भएको थियो। त्यसको तेस्रो दिन अर्थात आइतबार मेस्सीले बार्सिलोनाबाट औपचारिक रुपमा बिदा लिए। र त्यसको २ दिनमै अर्थात मंगलबार पिएसजीसंग सम्झौता गरे।

किन पेरिस बस्न तयार भए मेस्सी ?

परिवारको खुशी

गत सिजन बार्सिलोना छाड्ने निर्णयबाट फिर्ता हुँदा मेस्सीले परिवारका कारण बार्सिलोना छाड्न नसकेको बताएका थिए। तर पछिल्लो ट्रान्सफरमा परिवारको खुशी पनि जोडिएको बताइन्छ। मेस्सीको परिवार पेरिसमा बस्न तयार भएपछि मात्रै मेस्सीले पिएसजी जाने निर्णय गरेको जानकारहरु बताउँछन्।

पिएसजीमा अर्जेन्टिनी खेलाडी तथा प्रशिक्षक

पिएसजीमा अर्जेन्टिनी खेलाडीहरुको राम्रो उपस्थित छ। ड्रेसिंग रुममा अर्जेन्टिनी खेलाडी भएका कारण पनि मेस्सीले पिएसजी रोजेका हुन्। पिएसजीमा मेस्सीसंग अर्जेन्टिनाबाट खेल्ने डी मारिया, लियोनार्दो परेडेस जस्ता खेलाडी पनि छन्। त्यहि भएर पनि मेस्सी पिएसजी पुगेका हुन्। पिएसजीका प्रशिक्षक समेत अर्जेन्टिनाका रहेका छन्।

मिल्ने साथीहरुको उपस्थित

मेस्सी पिएसजी जानु पछाडीको सबै भन्दा ठूलो कारण नेयमार हुन्। नेयमारले मेस्सीको पिएसजी ट्रान्सफरमा ठूलो भूमिका खेलेको बताइन्छ। पिएसजीमा नेयमार मात्र नभई मेस्सीका अन्य मिल्ने साथीहरु पनि रहेका छन्।

प्रकाशित : बुधबार, साउन २७, २०७८२१:४९

पेनाल्टी सुटआउटमा भिल्लारियल पराजित, चेल्सीलाई युइएफए सुपर कपको उपाधि !