रामोसले भने – ‘यो कसले सोचेको थियो, लियो?’

एजेन्सी – लियोनेल मेस्सी र सर्जियो सामोसले अर्क अर्का विरुद्ध धेरै लामो समय सम्म खेले। मेस्सी र रामोस एकै वर्ष बार्सिलोना र रियल म्याड्रिडमा आवद्ध भएका थिए। सन् २००५ मा भिन्न-भिन्न क्लबमा आवद्ध भएका उनीहरु आफ्नो-आफ्नो क्लबका लागि डेढ दशक भन्दा बढी समय खेले। त्यसबीचमा उनीहरुले कयौं पटक एक-अर्काको सामना गरे।

तर अहिले अवस्था फेरिएको छ। मेस्सी र रामोस दुवैले स्पेनिस क्लब छाडेका छन्। हाल दुवै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग आवद्ध छन्। दुवै फ्री एजेन्टका रुपमा पिएसजीमा आवद्ध भएका हुन्। लामो समय एकअर्काका प्रतिद्वन्दी बनेर खेलेका यी दुई अब सँगै खेल्नेछन्।

पिएसजीमा मेस्सी ३० नम्बरको जर्सीमा देखिनेछन् भने रामोस जर्सी नम्बर ४ मा देखिनेछन्। पहिला मेस्सीलाई डिफेन्ड गर्दै आएका रामोसले अब मेस्सीलाई डिफेन्ड गर्नुपर्नेछैन।

मेस्सी पिएसजीमा आवद्ध भएसँगै रामोसले सामाजिक संजाल मार्फत मेस्सीलाई स्वागत गरेका छन्। बिहिबार बिहान इन्स्टाग्राममा एक तस्विर पोस्ट गर्दै रामोसले मेस्सीलाई स्वागत गरेका हुन्।

रामोसले मेस्सी र रामोस सँगै हुन्छन् भानेर कसले सोचेको थियो होला भन्ने प्रश्न गरेका छन् भने मेस्सीसँगै राखिएको जर्सीको तस्विर रामोसले सामाजिक संजालमा पोस्ट गरेका छन्।

“यो कसले सोचेको थियो, लियो?”,रामोसले सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित : बिहिबार, साउन २८, २०७८१०:११

मेस्सी र रोनाल्डो दुबैसँग खेल्ने रामोस मात्र १७ औं खेलाडी, अरु को-को ? [सूची सहित]