पेड्री, एरिक गार्सिया र मेम्फिस डीपाए माथि कोम्यानको आशा र भरोसा !

एजेन्सी – आइतबार राति बार्सिलोनाले लालिगाको नयाँ सिजनको पहिलो खेल खेल्दै छ। सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडको सामना गर्नेछ। आइतबार हुने खेल पहिला भन्दा धेरै फरक हुनेछ। उक्त खेलमा बार्सिलोनाका सदाबहार खेलाडी लियोनेल मेस्सी हुनेछैनन्।

क्लबमा भएको विभिन्न परिवर्तनलाई आत्मसाथ गर्दै सिजनको पहिलो खेलमै जित निकाल्ने प्रयासमा प्रशिक्षक रोनाल्ड कोम्यान हुनेछन्। आइतबार हुने खेल कोम्यानका लागि बार्सिलोनाको टोलीमा भएका पछिल्ला परिवर्तनको परीक्षण गर्ने उचित अवसर हुनेछ।

आइतबारको खेलमा पेड्री, एरिक गार्सिया र मेम्फिस डीपाए माथि कोम्यानको पूरा भरोसा रहनेछ। प्रि सिजनका खेलहरुमा डीपाएले क्लबको मुख्य स्ट्राइकर बन्ने छनक देखाइसकेका छन्। डीपाएलाई क्लबको मूख्य स्ट्राइकरको रुपमा उतारेर बलियो शुरुवात गर्ने पक्षमा कोम्यान हुनेछन्।

त्यस्तै कोम्यानले ओलम्पिकमा राम्रो प्रदर्शन गरेका पेड्री र एरिक गार्सिया माथि पनि धेरै भरोसा गर्नेछन्। पेड्री पछिल्लो समय धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। बार्सिलोनाको सिनियर टोलीमा रहेर गत सिजन पनि खेलेका उनले आफू कुन स्तरमा खेलाडी हुन् भन्ने कुरा युरो र ओलम्पिकमा देखाइसकेका छन्। त्यस्तै एरिक गार्सियाले पनि उच्च लयमा प्रदर्शन गरिरहेको अवस्था छ।

चोटको चिन्ता

कोम्यानलाई अहिले सबै भन्दा बढी केहिको चिन्ता छ भने त्यो खेलाडीको चोट हो। क्लबका धेरै खेलाडीहरु घाइते भइरहेको अवस्थालले उनलाई तनावमा पारेको छ। पछिल्लो पटक सर्जियो अगुएरो घाइते भएसँगै कोम्यानको तनाव बढेको छ। त्यस्तै मार्क-आन्द्रे टेर स्टेगेन, अन्सु फाती, ओस्मान डेम्बेले जस्ता खेलाडी पनि पूर्ण रुपमा फिट छैनन्।

प्रकाशित : बिहिबार, साउन २८, २०७८१०:५३

एम.एस.एन र बी.बी.सी भन्दा पनि उत्कृष्ट ट्रियो बन्ला त मेस्सी-नेइमार-एम्बाप्पे (एम.एन.एम) ट्रियो ?