लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौँ – लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। नेकपा एमालेका शनाकर पोखरेलले राजीनामा दिएसँगै रिक्त भएको मुख्यमन्त्री पदमा कुलप्रसाद केसी नियुक्त भएका हुन्।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरे।

पोखरेलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले २४ घण्टाको समय दिएका थिए। सोहि आधारमा माओवादी केन्द्रले अन्य दलको समर्थन सहित मुख्यमन्त्रीमा दावी गरेको हो।

केसीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा समर्थन रहेको छ। केसीलाई ४१ सांसदको साथ रहनेछ।

प्रकाशित : बिहिबार, साउन २८, २०७८१५:५७

वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने माओवादीको प्रस्ताव