पछिल्लो २४ घण्टामा ३२६० जना संक्रमित थपिए, ३२ जनाको गयो ज्यान !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख २५ हजार ७६९ पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार ८०६ जनाको पिसिआर परीक्षण तथा ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार ४७३ तथा एन्टिजेनबाट एक हजार ७८७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३७ लाख २९ हजार १०९ जना पुगेको छ । हालसम्म ६ लाख ७७ हजार ३७७ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार १८० रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३२ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार २१२ पुगेको छ।

प्रकाशित : बिहिबार, साउन २८, २०७८१७:३६

आज सुन आइतबार पछिकै महँगो !