भोलि नागपञ्चमी : कालसर्प दोषबाट मुक्ति पाउन यसो गर्नुस् !

नाग पंचमीलाई कालसर्प दोषको मुक्तिको लागि खास मान्ने गरिन्छ। शास्त्रमा वर्णन गरे अनुसार नागपंचमीको दिन केही उपायहरु अपनाए कालसर्प दोषबाट अवश्य मुक्ति मिल्नेछ।

महर्षि पारासरको ज्योतिष ग्रन्थहरुमा कालसर्प दोषको बारेमा वर्णन गरिएको छ। ज्योतिषको अनुसार ,यदि कुनै व्यक्तिको ग्रह नक्षेत्रहरु एकै ठाउँमा गएर बसेको अवस्थामा उक्त व्यक्ति कालसर्प दोषबाट पिडित बन्ने गर्छ।

कालसर्प दोषबाट पिडित व्यक्तिहरुका लागि नागपंचमीको दिन पूजाआजा गर्नु अत्ति उत्तम हुने गर्छ। यस दिन नागको पूजा गरि दुध चडाएमा यस कालसर्प दोषबाट मुक्ति मिल्ने मान्यता समेत रहेको छ। यस पटकको नागपंचमी साउन २९ अर्थात् अगस्ट १३ तारिखका दिनमा परेको छ।

कालसर्प दोषको मुक्तिको लागि नागपंचमीको दिन पूजा गर्ने विधि :
नागपंचमीको दिन शिवमन्दिरको दर्शन गरि शिव मन्त्र जप गर्नुहोस र नागनगिनको जोडी चडाएमा पूर्ण लाभ मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ। यसरी भगवान शिवको पूजा गर्दै गर्दा गायत्री मन्त्र ॐ तत्पुरुषाय विद्‍महे, महादेवाय धीमहि तन्नोरुद्र: प्रचोदयात्।’ जप गर्न आवश्यक हुन्छ।

नागको राजधानी भगवतीपुर
शास्त्रका अनुसार नागको राजधानीको रुपमा राजधानी चित्रण गरिएको छ। वर्तमान अवस्थामा यो बस्तर अञ्चलको बासुरमा अवस्थित छ। यस शास्त्रमा बताए अनुसार अर्जुनले नाग जातिकी राजकुमारी उलुपीसंग विबाह गरेका थिय।

नागवंशीय परम्परा
उक्त अञ्चलमा नागहरुले लामो समय राज गरेको धेरै प्रमाणहरु भेट्न सकिन्छ। त्यस अञ्चलका थुप्रै स्थानहरुमा नागहरुले शिव मन्दिर निर्माण गरेका थिय र उनीहरु बाट निर्माण गरिएका यी मन्दिरहरुमा विभिन्न कलाले सजावट गरिएको छ।

प्रकाशित : बिहिबार, साउन २८, २०७८१८:४४

भोलि नाग पञ्चमीको दिन यी राशिको चम्कनेछ भाग्य !