काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। लगातार केहि दिन बढी बिहिबार बढेको सुनको मूल्य कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार ७ सय कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्यमा पनि ३ सय रुपैंयाँकै वृद्धि भएको छ। यससँगै तेजाबी सुनको मूल्य ८९ हजार २ सय ५० कायम भएको महासंघले जनाएको छ।
यस हप्ता सुनको मूल्य
यस हप्ता छापावाला सुन ८८ हजार ८ सय देखि ९० हजार रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने ८८ हजार ३ सय ५० देखि ८९ हजार ५ सय ५० रुपैंयाँ सम्ममा कारोबार भयो। महासंघका अनुसार आज कायम भएको सुनको मूल्य आइतबार पछिकै बढी हो।
चाँदीको मूल्य
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। नेपाली बजारमा चाँदीको मूल्य रु ५ ले घटेर १ हजार १ सय ८५ रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

