मेस्सीको आगमनले खुसी छैनन् एम्बाप्पे, मेस्सीसँग खेल्ने चाहना नै छैन !

पेरिस सेन्ट जर्मेन युवा स्टार किलियन एम्बाप्पे क्लबमा लियोनल मेस्सीको आगमनले खुसी नरहेको एक रिपोर्टले जनाएको छ। जसको कारण फ्रेन्च स्ट्राइकरले आउँदो सोमबार क्लब बोर्डसँग आफूले क्लब छाड्ने इच्छा व्यक्त गर्नेछन्।

इटालियन पत्रिका गाज्जेट्टा डेल्लो स्पोर्टको एक रिपोर्टका अनुसार मेस्सीको पीएसजीसँगको अनुबन्धले विश्व विजेता स्ट्राइकर खुसी छैनन्। २२ वर्षीय युवा सेन्सेसनको क्लबसँगको सम्झौता २०२२ मा समाप्त हुँदैछ। उनले पीएसजीसँगको सम्झौता नवीकरण गर्ने सम्भावना एकदम न्युन रहेको छ। एम्बाप्पेले यहि सिजन नै फ्रेन्च क्लब छाड्न चाहेको पनि रिपोर्टले जनाएको छ।

लामो समय देखि एम्बाप्पेलाई प्रमुख लक्ष्यका रूपमा लिएको स्पेनिस क्लब रियल म्याड्रिड एम्बाप्पेलाई अनुबन्ध गर्न तयार रहेको छ। तर क्लबले आधिकारिक रूपमा एम्बाप्पेलाई लागि कुनै प्रकारको अफर गर्दैन जबसम्म पीएसजीले एम्बाप्पेलाई बेच्न इच्छा देखाउँदैन। गत बुधबार मेस्सी र पीएसजी अध्यक्ष अल खेलाइफीको प्रेस सम्मेलनमा खेलाइफीले एम्बाप्पेलाई क्लबले कतै जान नदिने बताएका थिए।

तर अर्को सिजनबाट क्लबसँगको सम्झौता अन्त्य भएपछि फ्रेन्च क्लबले आफ्नो सबैभन्दा मूल्यवान खेलाडी फ्रीमा गुमाउने छ। जसको कारण पनि क्लबले एम्बाप्पेलाई यहि सिजन बेच्न सक्ने सम्भावना पनि रहेको छ।

प्रकाशित : शुक्रबार, साउन २९, २०७८१२:५२

पीएसजीमा: रोनाल्डोको इन्ट्री, एम्बाप्पे आउट !