काठमाडौँ, के तपाई आफ्नो शरिरको तौल बढ्दै गएको कारण चिन्तित हुनुहुन्छ । अनि बिहान उठेर के खान भन्ने कुरा निर्णय गर्नै गाह्रो परेको छ । ताकी कुन खाने कुरा खाँदा पेट भरियोस् तर खानेकुराको कारण तौल नै रहोस् । यस्तै यस्तै समस्याबाट चिन्तित तपाईहरुको लागि समस्या समाधान गर्ने सजिलो घरेलु उपायको बारेमा बताउँदै छौँ ।
१.गर्मीको मौसम छ भने बिहानको खाजामा दही सेवन गर्न सकिन्छ । दहीमा केही फलफुल मिसाएर खाएको दहीले क्यालोरी कम गर्ने र पेट पनि खाली रहन नदिने हुँदा यसरी दैनिक खाने गर्नु भएमा शरिरको तौल घट्छ ।
२.हरेक दिन बिहानको खाजामा भिजाएको चना खाने गर्नुहोस् । जसबाट प्रोटिन र फाइबर प्राप्त हुन्छ ।
३. बिहानको खाजामा हल्का र पोषिलो बनाउन चाहनुहुन्छ भने एउटा अन्डा र सुन्तला खानुहोस्, जसले तौल बढ्न दिँदैन् ।
४.तौल घटाउन चाहने व्यक्तिले हरेक दिन बिहानको खाजामा स्याउ र चिजको खाँदा पनि तौल घटाउन सकिन्छ जसले शरिरमा पाइने क्यालोरि र फाइबर कम मात्रामा पाइन्छ ।
५.बिहानको समयमा पनिर र केराको सेवन गर्नाले पनि तौल घटाउन सकिन्छ ।
६. यदि तपाईले बिहानको खाजामा उमालेको अण्डा दुई वटामात्र खानु भयो भने यसले तौल बढ्न दिँदैन् र शरिरलाई चाहिने भरपुर शक्ति दिन्छ ।

