यी भारतीय नायिका जसलाई लागेको छ चुरोटको लत, सार्वजनिक भए तस्विर !

एजेन्सी – बलिउड सेलिब्रेटीहरुका अनेक शौख हुन्छन्। अभिनेता मात्र नभई अभिनेत्रीहरु पनि आफ्नो अनौठो शौखका लागि परिचित छन्। भन्ने हो भने बलिउडमा अभिनेता मात्र नभई धेरै अभिनेत्रीहरु पनि चुरोटको शौख राख्छन्। त्यसमध्ये केहि नायिकाहरु त धुम्रपान गर्दै गरेको अवस्थामा देखा परिसकेका छन्। धुम्रपान गर्दै गरेको अवस्थामा देखा परिसकेका नायिकाहरु निम्न छन्।

प्रियंका चोपडा

एक पटक प्रियंका चोपडा आफ्नो जन्मदिन मनाउन मियामी गएकी थिइन्। त्यसबेलाको एक तस्वीर बाहिरिएको थियो, जसमा प्रियंकाकी आमा मधु चोपडा र पति निक जोनसका साथ प्रियंका चुरोट तान्दै देखिएकी थिइन्। तस्विर बाहिरिएपछि उनको सामाजिक संजालमा चर्को आलोचना भएको थियो।

माहिरा खान

सुपरस्टार शाहरुख खानको फिल्म ‘रईस’ बाट बलिउडमा डेब्यू गर्ने पाकिस्तानी अभिनेत्री माहिरा खान पनि धुम्रपान गर्दै गरेको अवस्थामा देखा परिसकेकी छन्। माहिरा सँगै रणबीर कपूर पनि धुम्रपान गर्दै देखिएका थिए।

सुष्मिता सेन

अभिनेत्री सुष्मिता सेनको पनि धुम्रपान गर्दै गरेको अवस्थामा देखापरिसकेकी छन्। सामाजिक संजालमा उनको तस्विर नै भाइरल भएको थियो। त्यसबेला सुष्मिता राम्रै सँग ट्रोल भएकी थिइन्।

सुमोना चक्रवर्ती

भारतमा कमेडी तथा टेलिभिजन शोहरुका लागे चर्चित रहेकी सुमोना पनि धुम्रपान गर्दै गरेको अवस्थामा स्पट भैसकेकी छन्। एक पटक उनको पनि चुरोट खाँदै गरेको तस्विर भाइरल भएको थियो।

प्रकाशित : शनिबार, साउन ३०, २०७८१०:५५

किन दुई करोडको फेयरनेस क्रीमको विज्ञापनलाई अस्वीकार गरिन् साई पल्लवीले ? यस्तो छ कारण !