सानिमा लाइफको आईपीओ बाँडफाँड, नतिजा पनि लाइभ !

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर(आइपिओ)को बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आइपिओको बाँडफाँड गरेको हो।

कम्पनिले साउन २४ गतेसम्म सम्ममा आइपिओका लागि परेका आवेदन मध्येबाट योग्य आवेदक छुट्याई त्यस आइपिओ बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार निर्धारित समयमा २४ लाख १९ हजार ८ सय ४८ जनाले आवेदन दिएका थिए भने १ लाख ११ हजार ७ सय २६ जनाको आवेदन रद्द भएको थियो। योग्य २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई शेयर बाँडफाँड गरिएको छ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ६० लाख आइपिओ बिक्रीमा ल्याएको थियो। त्यस मध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ लाख शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी ५४ लाख कित्ता शेयर ५ लाख ४० हजार जनालाई १० कित्ताका दरले बाँडफाँड गरिएको छ।

आइपिओको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np
मा उपलब्ध भैसकेको छ।

प्रकाशित : शनिबार, साउन ३०, २०७८१२:५४

लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव !