“मेस्सी बस्छन् भनेर बार्सिलोना पुगेका अगुएरोलाई अहिले मर्नु न बाँच्नु भएको छ”

एजेन्सी – अर्जेन्टिनाका फुटबलर सर्जियो अगुएरोको गत सिजनको अन्त्यमा म्यानचेस्टर सिटीसँगको सम्झौता सकियो। अगुएरोलाई सिटीले क्लबमा राख्न चाहेन। फलस्वरूप दुई पक्ष बीच थप कुनै सम्झौता भएन। अगुएरो फ्री एजेन्टको रुपमा सिधै बार्सिलोना पुगे।

बार्सिलोना पुग्दा उनले धेरै सपना देखेका थिए। उनको सबै भन्दा ठूलो सपना लियोनेल मेस्सीसँग एकै क्लबबाट खेल्ने थियो। अगुएरो पुगेपछि मेस्सीले बार्सिलोनासँगको सम्झौता थप गर्ने अनुमान धेरैले गरेका थिए। त्यसो भएन, मेस्सीको सम्झौता सकियो।

पछि मेस्सीले पुनः बार्सिलोनासँग नयाँ सम्झौता गर्ने चर्चा पनि चालियो। तर अन्त्यमा अगुएरोले जे चाहेका थिएनन्, त्यही भयो। मेस्सी बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे।

यसै बीच अर्जेन्टिनाका अर्का चर्चित स्टार फुटबलर एन्जल डी मारियाले अगुएरो बार्सिलोना गएर पश्चाताप गरिरहेको सङ्केत गरिरहेका छन्। एक अन्तर्वार्ताका क्रममा बार्सिलोना गएर अगुएरोलाई पश्चाताप भइरहेको सङ्केत डी मारियाले गरेका हुन्।

मेस्सीले बार्सिलोना छाडेपछि अगुएरोलाई पर्न सम्म पिर पारेको डी मारियाको भनाई छ। अझ पछिल्लो पटक घाइते भएपछि अगुएरो झनै तनावमा रहेको डी मारियाले बताए।

“कुन(अगुएरो) आफैंलाई मार्न चाहन्छन्।”,ठट्टा गर्दै डी मारियाले भने। अगुएरोले मेस्सी बार्सिलोनामै रहन्छन् भन्ने सोचेको भएपनि त्यसो हुन नसकेको र त्यसले अगुएरोलाई धेरै पिडा दिएको डी मारियाको भनाई छ।

उनले भने,”मेस्सीले त बार्सिलोना छाडे-छाडे, अहिले उनी आफैं पनि घाइते भए। उनी अब कयौं हप्ता सम्म मैदान बाहिर रहनेछन्। त्यो भन्दा पिडा र दुख लाग्दो के होला र ?”

प्रकाशित : आइतबार, साउन ३१, २०७८१५:५३

एमबाप्पेसँग किन भड्किए पिएसजी समर्थक ?