बलिउडका बादशाह भनेर चिनिने शाहरुख खान दुनिया कै सबैभन्दा प्रसिद्ध अभिनेता मध्ये एक हुन्। रोमान्स किङको नामे परिचित शाहरुख शिक्षित र अनुशासित अभिनेता मानिन्छन्। शाहरुख मिडियामा पनि थुप्रै कुराले सधैं चर्चामा रहन्छन्। यस्तै केहि समय अगाडी शाहरुखको एक अन्तर्वार्ताले हंगामा मच्चाएको थियो।

सन् २००९ मा एक अन्तर्वार्तामा शाहरुखले आफूलाई दुनियाकै सबैभन्दा ठूलो पो-र्न’स्टार बन्ने चाहना रहेको खुलासा गरेका थिए। ‘डिस्कभर द डायमण्ड इन यु’ नामक पुस्तकको विमोचन कार्यक्रममा उनले आफ्नो इच्छा व्यक्त गरेका थिए। डिएनएको एक रिपोर्टले शाहरुखको बारेमा यस्तो बताएको थियो।

उनले भने,”म सधैं पो-र्न’स्टार बन्न चाहन्थे। म त्यसका लागि सकारात्मक भएर काम गर्नेछु।” उनले आफूलाई यस्तो इच्छा हलिउड अभिनेता सिल्भेस्टर स्टेलोनबाट प्रेरित भएर आएको पनि खुलासा गरेका थिए। सिल्भेस्टर पनि हलिउड अभिनेताका रूपमा करियर स्थापित गर्नुअघि पो-र्न’स्टार थिए। तर शाहरुखले यो कुरा मजाकको रूपमा गरेका थिए। तर उनका फ्यानलाई भने यो कुरा पचेन, जसको कारण उनले आलोचना समेत खेप्नु परेको थियो।

