पछिल्लो २४ घण्टामा ३३ जनाको मृ-त्यु, कुल संक्रमितको सङ्ख्या ८ लाख माथि !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप २ हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ३२ हजार २७२ पुगेको छ भने एन्टिजेन विधिबाट ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ।

थप ८ हजार ८८ जनाको पिसिआर परीक्षण तथा ४ हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार  ७९३ तथा एन्टिजेनबाट  ४१९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३७ लाख ५७ हजार ५७२ जना पुगेको छ । हालसम्म ६ लाख ८२ हजार ६८२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८६७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३९ हजार २९८ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३३ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार २९२ पुगेको छ।

प्रकाशित : आइतबार, साउन ३१, २०७८१६:५५

तालिबान काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले छाडे देश !