एजेन्सी – अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) ट्रान्सफरले फुटबलमा मात्र नभई व्यावसायिक स्तरमा पनि ठूलो प्रभाव पारेको छ। मेस्सीको ट्रान्सफरले बार्सिलोनालाई ठूलो असर पारेको छ भने पिएसजीलाई ठूलो लाभ हुने भएको छ।
मेस्सीको ट्रान्सफरबाट लाभ लिनेमा एनबीए लेजेण्ड खेलाडी माइकल जोर्डन पनि छन्। मेस्सीको ट्रान्सफरले उनलाई दिन सम्म फाइदा दिएको छ। कोरोना भाइरस महामारीका कारण कमाईमा आएको गिरावटमा जोर्डनलाई एक्कासी उछाल मिलेको छ।
वास्तवमा, फोर्ब्स पत्रिकाले देखाएअनुसार जोर्डनले कोरोना महामारीका कारण २४ प्रतिशत सम्पति गुमाएका थिए। महामारीकै क्रममा उनको सम्पति २ दशमलव १ अर्ब(२.१ बिलियन) डलरबाट घटेर १ दशमलव ६ अर्ब(१.६) बिलियन डलरमा झरेको थियो।
मेस्सीको ट्रान्सफरले माइकल जोर्डनलाई कसरी फाइदा पुग्यो ?
मेस्सी विश्वकै सबै भन्दा प्रसिद्ध खेलाडी हुन्। मेस्सीका जर्सी तथा विश्वभर बिक्छन्। मेस्सीको नामले मात्र वार्षिक करोडौं डलरका जर्सी बिक्छन्। मेस्सी पिएसजी आएसँगै मेस्सीको जर्सी बिक्री ह्वात्तै बढेको छ।
पिएसजीको जर्सी सन् २०१९-२० को सिजन देखि जोर्डन ब्राण्डले बनाउँदै आएको छ। जोर्डन ब्राण्ड माइकल जोर्डनको हो। हरेक बिक्री हुने जर्सीबाट जोर्डनले ५ प्रतिशत पाउँदै आएका छन्। सिजनको अन्त्य सम्म २५ लाख बढी जर्सी बिक्ने अनुमान गरिएको छ। यसले जोर्डनलाई धेरै नै फाइदा पुर्याउने छ।
एक रिपोर्टका अनुसार पिएसजीले मेस्सीको नाममा १ सय ४१ मिलियन डलर भन्दा बढी रकम बारबारको जर्सी बिक्री गरिसकेको छ। यो तथ्यांक केहि दिन अगाडीको हो। यस हिसाबले जोर्डनले मेस्सीको आगमनपछि मात्र ७ मिलियन डलर भन्दा बढी कमाइसकेका छन्।