साउन महिनाको अन्तिम दिन सुनको मूल्य घट्यो ! कति ?

काठमाडौँ – साउन महिनाको अन्तिम दिन आज सुनको मूल्य घटेको छ। हप्ताको पहिलो दिन बढेको सुनको मूल्य हप्ताको दोस्रो दिन अथवा साउन ३२ गते आज सुनको मूल्य सामान्य रुपले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ६ सय कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै घटेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार १ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

साउन महिनामा सुनको मूल्य

गएका महिनाहरुमा भन्दा साउन महिनामा सुन अलि कम मूल्यमा कारोबार भयो। साउन महिनामा छापावाला सुनको मूल्य सबै भन्दा कम ८८ हजार ८ सय र सबै भन्दा बढी ९३ हजार २ सय रुपैंयाँमा कारोबार भयो। त्यस्तै तेजाबी सुन ८८ हजार ३ सय ५० देखि ९२ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले घटेर १२ सय रुपैंयाँ कायम भएको छ।

प्रकाशित : सोमबार, साउन ३२, २०७८११:५८

जलविद्युत् कम्पनीको शेयरमा अत्यधिक चलखेल भएपछि बोल्यो नियमन आयोग !